Comments Add Comment

आदित्य प्रतिष्ठान प्रहरीमा जाने

Aditya-Dahal,-Nepali-Google१३ भदौ, काठमाडौंं । अमेरिकामा उपचार गराइरहेका बालक आदित्य दाहालको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाइएपछि उनको नामबाट खुलेको प्रतिष्ठानले प्रहरीमा जाने तयारी गरेको छ ।

अफवाह फैलाउने अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ता विरुद्ध साइबर क्राइममा उजुरी दिन लागिएको प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईले बताए ।

‘अमेरिकामा उहाँको मृत्यू भयो भनेर भ्रम फैलाउन खोजिएको छ,’ उनले अनलाइनखबरसित भने, ‘हामी कानूनी उपचार खोज्नेछौं ।’ उनले बालक आदित्यको अवस्था अहिले सामान्य रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment