Comments Add Comment

चार दलको बैठकमा गोविन्द केसीको चर्चा

Baburam

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चारदलको बैठकमा डा. गोविन्द केसीको अनसनबारे सामान्य चर्चा चल्यो ।

तर, केसीको अनसन तोड्नेबारे सत्ता पक्षका नेताहरुले चासो नदिएको एमाओवादी पक्षको गुनासो छ । ‘बैठकमा बाबुराम भट्टराईले डा. केसीको अनसनबारे गम्भीर हुन प्रधानमन्त्री लगायतको ध्यानाकर्षण गर्नुभयो,’ स्रोतले भन्यो, तर यो विषयलाई कसैले पनि खासै गम्भीरतापूर्वक लिएन ।’

एक सातादेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनसन बसिरहेका डा. केसीको स्वास्थ्यस्थिति गम्भीर हुँदै गइरहेको भन्दै डा. भट्टराईले चार दलको बैठकमा नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

त्यसअघि डा. भट्टराईले शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका थिए । उनले चार दलको बैठकमा अनसनबारे कुरा उठाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment