Comments Add Comment

भैरहवामा निषेधाज्ञाको अवधि बढाइयो

सलमान खान
१३ भदौ, रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा जारी गरेको निषेधाज्ञाको अवधि फेरि बढाएको छ । भैरहवाको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको अवधि पाँच दिन थपेको हो ।

Bhairawaभैरहवा नगर क्षेत्रमा भदौ १३ गतेदेखि भदौ १८ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

सामाजिक सदभाव भड्कन नदिन, थप मानवीय एवं भौतिक क्षति हुन नपाओस् भनेर र शान्ति सुव्यवस्थाको वातावरण कायम राख्नका लागि थप ५ दिनका लागि निषेधाज्ञा थपिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

गत भदौ ३ गते भैरहवामा बन्दकर्ता र प्रतिकार समूहबीच झडप भएपछि भदौ ५ गतेदेखि ९ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि पनि भदौ ९ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा लम्बाइएको थियो ।

जिल्ला प्रशसान कार्यालय रुपन्देहीले नगर क्षेत्र केन्द्रित पूर्वमा बसन्तपुर गाविस बाईपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थल नजिकको मायादेवी चोक, उत्तरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय भैरहवा र दक्षिणमा बेलहीयास्थित बाइपास सडकलाई निषेधित क्षेत्र तोकेको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा क्षेत्र भित्र कसैले जबरजस्ती सभा, सम्मेलन, जुलुस गर्न खोज्यो भने त्यसलाई कानुन अनुसार कारवाही गरिने छ, यसमा प्रशासन पछाडि हट्ने छैन,’ प्रजिअ ढकालले अनलाइनखबरसँग भने ।

स्थानीय प्रशासन ऐनमा निषेधित क्षेत्रमा कुनैपनि संस्था समुह एवं राजनैतिक दलले जुलुश निकाल्न, धर्ना, सभा सम्मेलन गर्न वा पाँच जना भन्दा धेरै जम्मा भएर बस्न वा हिँडडुल गर्न रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment