Comments Add Comment

इराकको कमाइ छाडेर भेडाबाख्रा पालनमा

१३ भदौ, मुगु । कामका लागि दिनानुदिन बिदेसिने नेपाली युवाका लागि यहाँका एक युवा गतिलो उदाहरण बनेका छन् ।

बेरोजगार भई केही कमाउने भन्दै इराक छिरेका कार्कीवाडा– ९ का २८ वर्षीय धीरज रोकाया पाँच वर्षअघि विदेशको काम छाडेर आफ्नै गाउँमा व्यावसायिक भेडापालनतिर लागेर मनग्य आम्दानी गर्न थालेपछि अहिले जिल्लाकै नमुना युवाका रुपमा चिनिन थालेका हुन् ।

Veda-bakhra

पाँच वर्षअघि दलालमार्फत दुबई हुँदै इराकमा साढे दुई वर्षसम्म काम गरेका रोकाया त्यहाँको मासिक रु ६० हजारको कमाइ छाडेर अहिले  व्यावसायिक बाख्रापालनमा लागेका हुन् । इराकमा हुने दैनिक हिंसात्मक घटनाले गर्दा आफ्नै देशमा गएर केही गर्ने उद्देश्य लिई उहाँ त्यहाँको कमाइ छाडेर घर फर्केका हुन् ।

सुरुमा नौ भेडाबाट सुरु गरेको व्यवसायमा अहिले १५० भेडा जोडिसकेका छन् । वार्षिक रु चार लाख ५० हजारसम्म कमाइ हुने भेडापालन व्यवसायबाट थप १०० भेडाबाख्रा थप्ने उहाँले योजना बनाएका छन् ।

आफ्नै देशमा केही गर्न सक्ने सोच बनाएकाका लागि नेपालमै प्रशस्त व्यावसायिक सम्भावना रहेको रोकाया बताउँछन् ।“घरमा भएको सम्पत्ति र एक सय भेडाबाख्रा बेचेर करोडौं रुपैयाँ कमाउने भनेर इराक गइयो तर केही कमाउन सकिएन, बरु घर फर्कंदा बुबाले पैसा ऋण काढेर पठाए” उनले भने ।

भेडाबाख्रा किन्न ग्राहकहरु घरमै आउने गरेको उनले  कथनए । सदरमुकाम गमगढीमा एकछत्र व्यापार छ । उनलाई पुरानो ऋण तिर्ने, बालबच्चा पढाउन, घरखर्चसहित बिरामी बुबाको उपचार पनि यही व्यवसायले धानेको छ ।

आफ्नो गाउँबाट मात्र अहिले १६ जना युवा विभिन्न खाडी मुलुकमा गएका रोकायाले सुनाए ।

व्यावसायिक भेडाबाख्रा पालनतिर लागेर नमुना युवा बनेको देखेर उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जज सुधार आयोजना (हिमाली)ले समेत उनलाई आधुनिक भेडाबाख्रा पालनका लागि गत वर्ष १४ लाख २४ हजार अनुदान सहयोग गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment