Comments Add Comment

गाई पालेर खाडीको पीडा भुल्दै गणेश आचार्य

१३ भदौ, पाल्पा । खाडी मुलुकमा तीन वर्षको अनुभव लिनुभएका गणेश आचार्य अहिले व्यावसायिक गाई फार्ममा रमाइरहेका छन् । उनले गाई फार्म सञ्चालन गरी विदेशको पीडामा मलम लगाउँदैछन् ।

cow

रामपुर नगरपालिका–११ एक्लेटारमा लक्ष्यधेनु गाई फार्म सञ्चालन गरेर मलेसियामा बगाएको पसिनालाई भुल्दै छन् । ‘विदेश गएर मैले गल्ती गरेको रहेछु, गाउँका साथीभाइ सबै विदेश गएको देख्दा मलाई पनि रहर लाग्यो, विदेश गएँ, अहिले त्यो दिन सम्झँदा पछुतो लागेर आउँछ, उनले भने ।

आचार्यले चार लाखमा पक्की गोठ निर्माण गरी १७ लाखको लागतमा फार्म सञ्चालनमा ल्याएका हुन् । अहिले फार्ममा होलस्टिन र जर्सी जातका २२ वटा गाई रहेका छन् ।

दैनिक रुपमा कम्तीमा ३० देखि ७० लिटर दूध उत्पादन हुने गरेको आचार्यले बताए । ८० हजार मूल्य पर्ने गाई सुनवल र बुटवलबाट खरिद गरी व्यवसाय सञ्चालन गरेका आचार्यले एक गाईबाट १७/१८ लिटर दूध उत्पादन लिने गरेका छन् ।

फार्म फस्टाउँदै गएपछि एक जनालाई रोजगारी समेत दिएका छन् । रामपुरकै ठूलो गाई फार्म व्यवसायीका रुपमा चिनिएका आचार्य मासिक रुपमा दूधबाट खर्च कटाएर ६० हजार आम्दानी लिन सफल भए ।

व्यावसायिक फार्म सञ्चालनका लागि उत्पादन निर्देशनालयबाट दुई लाख,पशु सेवा कार्यालयबाट २५ हजार र पशु सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाबाट चार हजार सहयोग रकम पाएको उनले सुनाए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment