Comments Add Comment

संविधानको विधेयकमा संशोधन दर्ता गर्न १९ गतेसम्मको समय

Ca-meet

१३ भदौ, काठमाडौं । नयाँ संविधानको विधेयकमा संशोधन दर्ताका लागि भदौ १९ गतेसम्मको समय तोकिएको छ ।

संविधानको विधेयकमाथि संविधानसभामा ९ गतेबाट लगातार पाँच दिन सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि सभाध्यक्ष सुवास नेम्वाङले संशोधन दर्ताका लागि सभासदहरुलाई भदौ १९ गतेसम्मको समय तोकिएको जानकारी दिएका छन् ।

संविधानको विधेयकमाथि बोल्न सचिवालयमा नाम टिपाएका सभासद्ले बोल्ने क्रम आज सकिएपछि संशोधनको प्रक्रियामा सहभागी हुन बैठकले सयमसीमा प्रदान गरिएको हो ।

यसअघि नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई संविधानसभाले बहुमतले पारित गरेको थियो ।

संविधानको अर्को बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment