Comments Add Comment

वार्ताका लागि संघीय मधेसी मोर्चाको सर्त : टीकापुर घटनाको छानविन गर

१३ भदौ, काठमाडौं । नेपाल सद्भावना पार्टीसहितको संघीय मधेसी मोर्चाले वार्ताका लागि ११ बुँदे सर्त अघि सारेको छ ।

Anil Jhaवार्ताको आहृवान गर्दै प्रधानमन्त्री सुशील कोइरालाले पठाएको मोर्चाले आइतबार पत्रको जवाफ पठाएको छ ।

वार्ताका लागि प्रधानमन्त्रीले गरेको आहृवानलाई सकारात्मक भन्दै संघीय मधेसी मोर्चाले वार्ताको वातावरण बनाउन आग्रह गरेको छ ।

नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, घाइतेको उपचार गर्नु पर्ने, पक्राउ परेका आन्दोलनकारीहरुलाई रिहा गर्नु पर्ने सर्त राखिएको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारी र सार्वसाधारणमाथि प्रहरी दमन र अभद्र ब्यवहार भएको भन्दै उनले क्षमा याचना गर्नुपर्ने, आन्दोलन दबाउन सुरक्षाकर्मीलाई निलम्बित गरेर कार्रवाही गर्नु पर्ने पर्ने उसको अर्को माग छ । सेनालाई व्यारेकमा फिर्ता गर्नु पर्ने, वार्ता सम्पन्न नभएसम्म संविधान निर्माण प्रक्रिया राक्नु पर्ने उसको अर्को सर्त छ ।

संघीय मधेसी मोर्चाले टीकापुर घटनाको छानविनका लागि उच्चस्तरिय न्यायिक आयोग बनाउनु पर्ने र दोषीलाई कारवाही गर्नु पर्ने सर्त राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment