Comments Add Comment

भेडा बेचेर वार्षिक पाँच लाख आम्दानी

१३ भदौ, म्याग्दी  । उत्तरी म्याग्दीको लेकाली क्षेत्रमा भेडापालन गरेका कृषकले मनग्य आम्दानी गरिरहेका छन् । खोप्रा र खयरलेक क्षेत्रमा भेडापालन गर्दै आएका पाउद्वारका कृषकले भेडा बिक्रीबाटै वार्षिक ५ लाख रूपैयाँसम्म आम्दानी गरेका हुन् ।

Veda-bakhraजनैपूर्णिमा मेला, दसैँ तिहारलगायत अन्य चाडपर्वमा ग्राहक भेडा किन्न गोठमै आउने भेडापालक कृषक सुकबहादुर तिलिजाले बताए । तीन सय ५० भेडा पालेका तिलिजाले वर्षमा ४० वटासम्म बिक्री गर्छन् ।

एउटा भेडालाई १० हजारदेखि १५ हजार रूपैयाँसम्म मूल्य पर्छ । तिलिजा वैदेशिक रोजगारी छाडेर बुबाले गर्दै आएको भेडापालन व्यवसायलाई निरन्तरता दिएको बताउँछन् ।

‘विदेश गएका साथीको कमाइ पनि उस्तै भएकाले गाउँमै काम गरिरहेको छु’ तिलिजाले भने– ‘खाडी मुलकमा भन्दा गाउँघरकै कमाइ राम्रो लागेर भेडा पालनमा सक्रिय भएको छु ।’ खयर र खोप्रालेकमा ११ जना कृषकले दुई हजारभन्दा बढी भेडा पालेका छन् ।

जिल्लाका विभिन्न गाविस, बागलुङ, पोखरालगायतका क्षेत्रमा भेडा बिक्री हुने गरेको छ । विशेष गरेर जनैपूर्णिमाका दिन खयर भारानीमा लाग्ने मेलामा बलि दिन भेडाका साँढे बिक्री हुन्छन् । यस वर्षको जनैपूर्णिमामा त्यहाँका कृषकले भेडा बेचेरै ३० लाख रूपैयाँ कमाएको कृषक तुलबहादुर पुनले बताए ।

जनैपूर्णिमाको अघिल्लो दिन शुक्रबारमात्रै तीन सयवटा भेडा बिक्री भएको थियो । ‘भेडा पालेर हुर्काउन सकेमा राम्रो कमाइ गर्न सकिन्छ, ग्राहक गोठमै भेडा किन्न आउँछन्, भनेजति मूल्य पनि पाइन्छ’, तिलिजाले भने– ‘चरनको अभाव, वन्यजन्तुबाट असुरक्षा र रोगको प्रकोपको समस्या देखिएको छ ।’

कृषकका अनुसार चितुवा र बाघले एकै गोठका वर्षमा ४० वटासम्म भेडाबाख्रा मारेर क्षति गरेको छ । यसैगरी लेकाली क्षेत्रमा घाँस कम पलाउने र वेशीमा संरक्षित वन क्षेत्रमा चरीचरन बन्द हुँदा कृषक समस्यामा परेका छन् । लेकाली चरन क्षेत्रमा पहिलेको तुलनामा घाँस कम उम्रन थालेको र अन्य झारपात बढेको कृषकको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment