Comments Add Comment

बाबुरामले भेटे टीकापुरमा मारिएका एसएसपीका परिवार

Baburtam-with-SSP-Laxman-Family

१३ भदौ, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले टीकापुरको हिंसात्मक घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपानेको परिवारलाई भेटेका छन् ।

भट्टराई न्यौपानेको परिवारलाई भेट्न किरिया बसेकै स्थानमा पुगेका थिए । भेटपछि सम्वाद समितिका सभापति समेत रहेका भट्टराईले टीकापुर घटनाको छानविन गर्नु पर्ने पीडित परिवारको मागलाई राज्यले गम्भीर रुपमा लिुन पर्ने बताए ।

भट्टरानईले घटनालाई दुःखद र खेदजनक भनेका छन् । यसमा छुद्र राजनीति गर्ने र एमाओवादीलाई मुछेर वास्तविक मुद्दालाई ढाकछोप गर्ने प्रवृत्तिप्रति सतर्क रहनु पर्ने बताएका छन् ।

थारु समुदायको आन्दोलनका क्रममा गत सोमबार कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र डेढ वर्षे बालकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment