Comments Add Comment

गाईजात्रे गफः रक्षालाई किस नगरी निद्रै लाग्दैनः जिग्री

jigrri

गाइजात्रा विशेषः सुल्टो प्रश्न उल्टो जवाफ

हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’लाई सुरुमै भनियो, कृपया सबै प्रश्नहरुको हदैसम्म गलत र हावा जवाफ दिनुहोला । उनी वाल्ल परे । ‘किन सहि बोल्न नपाइने ?’ उनले सोधे । ‘गाइजात्रा क्या त’ भनेपछि उनी तयार भए । प्रस्तुत छ, जिग्रीसितको सुल्टो प्रश्न, उल्टो जवाफ !

तपाईको प्रेरणा स्रोत को हो ?

हरी पराजुली । उहाँ हामी समस्त आवारा युवाहरुका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । एकैसाथ धेरै महिलाहरुसित कसरी माया बाँड्न सकिन्छ भन्ने उहाँबाटै सिकेको हुँ ।

नढाँटी भन्नुस, तपाईंको अहिले कति जनासित अफेयर छ ?

आप्पोई, ढाँट्ने त कुरै आउँदैनन नी । तर संख्या नै भन्नुपर्ने हो भने चाहिँ क्याल्कुलेटर ल्याउनुस । अहिलेसम्म सबैभन्दा बढि गर्लफ्रेण्डको रेकर्ड भगवान श्रीकृष्णका नाममा छ क्यारे । मेरो लक्ष्य भनेकै उहाँको रेकर्ड तोडेर नेपाललाई विश्वमा चिनाउनु हो ।

बाटोमा हिँड्दा १० लाख रुपैयाँ भएको ब्याग भेट्नुभयो भने के गर्नुहुन्छ ?

तीन लोक चौध भुवन खोजेर भए पनि सम्वन्धित व्यक्ति पत्ता लगाउँछु र ब्याग फिर्ता दिन्छु । पैसा चाहिँ आफैं राख्छु । त्यसपछि राष्ट्रपतिज्यूको फोन पर्खेर बस्छु ।

कस्ती केटीसित बिहे गर्न चाहनुहुन्छ ?

अस्थिपञ्जर जस्तो शरीर र मुर्कुटाजस्तो रुप भएकी, धोद्रे न धोद्रे स्वर भएकी, शरीर एक कोश परसम्म डुङडुङ गन्हाउने केटी नै मेरी डि्रम गर्ल हुन् । सकभर पहिल्यै एक दर्जन जति छाउरा पाइसकेकी र भूँडी पनि बोकेकी बाइफाले केटी भए सूनमा सुगन्ध हुने छ । स्वभावको कुरा गर्नुपर्दा, आफूभन्दा ठूलालाई हरेप्रकारका दुव्र्यवहार गर्न सिपालु, कामको नाममा सिन्को नभाँच्ने, घिचेर कहिल्यै नअघाउने स्त्री मेरी आमाकी बुहारी बन्न योग्य छिन् ।

नयाँ नेपाल बनाउन के–के गर्नुपर्ला ?

हत्या-हिंसा र बलत्कार, देश निर्माणको आधार । हो, यहि सूत्रलाई अनुसरण गर्नुपर्छर् । देशका होनाहार अपराधीहरुलाई पुरस्कृत गर्ने व्यवस्था संविधानमै गरिनुपर्छ । राजनीतिमा इमानदार नेताको घुसपैठलाई पूर्णरुपमा रोक्नुपर्छ । सकभर यस्ता नेताहरुलाई देशनिकाला गरेर देशको शासनसत्ता प्रतिभावान डनहरुलाई जिम्मा लगाउनुपर्छ । वर्षमा ३ सय ६५ दिन नै नेपाल बन्द गर्नुपर्छ । नेपालबन्द पनि भलाद्मी पाराको होइन, व्यापक हिंसा र तोडफोडसहित ।

जातिजातिबीच कलह चर्काएर गृहयुद्ध सिर्जना गर्नुपर्छ । कैलालीमा जस्तो घटना दिनहुँजस्तो घटाउन सके नयाँ नेपाल नबन्ने कुरै छैन ।

दाई धुर्मुससित तपाईंको सम्वन्ध कस्तो छ ?

अति नै खराब छ । हामी त भेट भयो कि झगडा गर्ने हो । दाईसित मेरो कुटाकुट नपरेको दिन नै हुँदैन । उहाँ मलाई देखिसहनुहुन्न भने म उहाँलाई देखि सहन्न । हाम्रो झगडा देखेर दुश्मनहरुले पनि इश्र्या गर्छन् । हामी एक अर्कालाई अति घृणा गर्छौं ।

भद्रगोलकी रक्षालाई रियल लाइफमा किस गर्नुभएको छ ?

रक्षालाई किस गर्नेभन्दा मेरो अर्थोक काम नै के छ र ? अरु मानिसहरुले सुर्यलाई नमस्कार गरेर दिनको सुरुवात गर्छन् भने म रक्षालाई किस गरेर । राति पनि उनलाई किस नगरी सुत्यो भने अबेरसम्म निद्रा लाग्दैन ।

ralshya

पाँडे र तपाईं चाँडै अलग हुँदै हुनुहुन्छ भन्ने हल्ला छ नी ?

 एकदम सत्य हो । हामी अब चाँडै भद्रगोल बन्द गरेर आ-आफ्नो बाटो लाग्दै छौ । उहाँ मासु पसल खोल्ने तयारीमा हुनुहुन्छ भने म राजनीतिमा लाग्ने सुर गर्दै छु ।

जीवनमा कहिल्यै चोरी गर्नुभएको छ ?

मेरो मुख्य पेशा नै चोरी, डकैति र लुटपाट हो । यसबाहेक फुर्सद भएको बेला हत्या र बलत्कार पनि गर्ने गर्छु । अभिनय त शोखका लागि न गरेको हुँ । प्रधानमन्त्रीको दराजबाट १२ लाख कल्ले चोरेको हो तपाईंलाई थाहा छ ?

भनेपछि सम्पत्ति त टन्नै थुपार्नुभएको होला ?

सम्पत्ति त कति थुपारेको छु कुनै लेखाजोखा छैन । अस्ति मात्रै अरब जाँदा भएभरका तेलको कुवा किनेँ । मेरो घरमा पैसा गन्ने मात्रै सय जना स्टाफ छन् । मेरो सम्पत्ति गणना गर्न एउटा शक्तिशाली आयोग गठन गरियोस भनेर सरकारलाई निवेदन हालेको धेरै भइसक्यो कुनै सुनवाई भएको छैन ।

मरेपछि मान्छेले तपाईंलाई कुन रुपमा सम्झिउन् भन्ने लाग्छ ?

मलाई किन सम्झिने ? थोडी म नारायणगोपाल हो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment