Comments Add Comment

घाउखत सर्जरीले सलबलाएर मिर्गौला तस्कर

१४ भदौ, काठमाडौं । मिर्गौला बेचेको स्थानमा घाउखत हुने कारणले यसअघि मिर्गौला बिक्रेताको पहिचान गरिन्थ्यो । तर, पछिल्लो समय मिर्गौला झिक्दा भएको घाउखतको सर्जरी हुन थालेपछि काभ्रेका गाउँगाउँमा पुनः तस्करहरु सलबलाउन थालेका छन् ।
kidney-sell
अघिल्लो चैतदेखि भारीय (तस्करी सञ्जाल) ले मिर्गौला झिकेको घाउमा सर्जरी गरेर पठाउने भएपछि काभ्रे जिल्लाको विभिन्न स्थानका नागरिकले मिर्गौला बेच्ने क्रम बढ्न थालेको तथ्य खुलेको राजधानी दैनिकमा खबर छ ।

मिर्गौला बेचेर आएपछि शरीरमा ठूलो घाउखत हुँदा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हट्ने भएपछि विपन्न वर्गका नागरिक मिर्गौला बेच्न र्हौसिएको पाइएको हो ।

जिल्लाको मेथिनकोटकी एक ३५ वर्षकी गृहणीले अघिल्लो कात्तिक अन्तिम सातामा स्थानीय तस्करको सहयोग तथा मीठो प्रलोभनमा परेर आफ्नो गुजाराका लागि भारतसम्म पुगेर तीन लाख ७५ हजारमा एउटा मिर्गौला बेचिन । दुई सन्तानकी आमासमेत रहेकी उनले वैदेशिक रोजगारीका क्रममा केही वर्षअघि मलेसियामा श्रीमानको मृत्यु भएपछि घर-व्यवहार चलाउँदा लागेको ऋण तिर्न मिर्गौला बेचेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment