Comments Add Comment

विदेशी मुद्रा कारोबार गर्नेमाथि सुक्ष्म निगरानी

blackmoney१४ भदौ, काठमाडौं । विदेशी मुद्रा अपचलन गर्नेविरुद्ध राष्ट्र बैंक र नेपाल प्रहरीले सुक्ष्म निगरानी बढाएका छन् । स्रोत नखुलेको करेाडौं रुपैयाँ बराबरका विदेशी मुद्रासहित अन्तरदेशीय गिरोहका सदस्यहरु धमाधम पक्राउ पर्न थालेपछि उनीहरुले विदेशी मुद्रा कारोबारको अनुमति पाएका संस्थाको आर्थिक कारोबारमाथि निगरानी थालेका हुन् ।

०६९ यता प्रहरीले भारत, चीन, थाइल्यान्ड, सिंगापुरलगायत मुलुकमा लैजान लागिएको करिब २५ लाख अमेरिकी डलरबराबरका विदेशी मुद्रा राजधानी र आसपासका जिल्लाबाट बरामद गरिसकेको कारोबार दैनिकमा खबर छ ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिकबाट प्रहरीले करिब २ करोड २५ लाख रुपैयाँ बराबरको अमेरिकी डलर, स्वीस फ्रेङ्क र युरो बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment