Comments Add Comment

अमेरिकी कंग्रेसमा पुगेका नेपाली रौनियार भन्छन्- नेपालको विकास र राजनीति निकास दिन तयार छु

घनश्याम पराजुली (कृष्ण)

दोहा । परिर्वनको अभियानका संस्थापक दर्शन रौनियार यतिबेला देश दौडाहामा छन् । नेपालमा राजनीतिले गति लिन नसकेपछि देशलाई राजनीति निकास दिने उद्देेश्यका साथ उनी देश तथा विदेशका युवाहरु माझ पुगिरहेका छन् ।

गत शुक्रबार कतारमा रहेका युवाहरुलाई भेटे । कतारको क्वालिटी हाईफर मार्केटको सभाहलमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी उनले कतारका युवाहरु माझ आफ्ना कुरा राखे ।

darsan rauniyarअमेरीका बस्दै आएका रौनियार नेपालमा भूकम्प गएपछि उद्धारका लागि खटिए । देशको विकास गर्नका लागि राजनीतिक परिवर्तन आवश्यक रहेको भन्दै उनी खाडी मुलुक यूएई हुँदै कतार आईपुगेका थिए ।

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको शक्तिशालाी राजनीतिक पार्टी कंग्रेसबाट पहिलो नेपालीको रुपमा सिनेटमा पुगेका उनले अमेरिकाको ह्वाईटहाउसबाट नेपाललाई चिनाउने प्रयास गरेको बताउँछन् । परिवर्तनका लागि अभियान भन्ने नाराका साथ विभिन्न देशको भ्रमणमा निक्लेका उनी ४० देश घुमिसकेका छन्।

आफू नजन्मदै बुबा गुमाएका उनी जग्गा बेचेको पन्ध्र डलर लिएर पढ्का लागि अमेरिका छिरेका थिए । अमेरिका पुगेर भाडा माझ्ने काम समेत गरेका उनले तल्लो तहबाट निर्वाचित हुँदै ह्वाईटहाउस सम्म पुग्ने पहिलो नेपाली रहेको बताउँछन । अहिले सिनेटमा धेरै नेपालीहरु अघि बढीरहेका छन उनी भन्छन् ।

नेपालको राजनीति अवस्थाकोबारेमा स्पष्ट पार्दै उनले भने ‘दुई महिनादेखी नेपालमा राहतका लागि दुर्गम गाउँसम्म पुगें , नेपालका २ सय वटा कलेज र युवाहरुका संघसंस्थाहरुमा पुगें, जनताहरु निरास छन्, देश बचाउनका लागि दुरदृष्टि भएको नेताको खाँचो छ ।’ नेपालका सबै राजनीति दलका नेताहरुसँग भेटेको बताउने उनले नेपालभन्दा बाहिर बसेर त्यहाँको रिति र संविधान बुझेको दुरदृष्टी नेताको खाँचो रहेको बताउँछन् ।

‘नेपालमा राजनीतिको व्यपार भएको छ, आजकल एनजीओले समेत व्यापार थालेका रहेछन् । अमेरिकाको संविधान २ पानाको छ । संविधान आएमा मात्र देशको विकास हुन्छ भन्ने होईन । त्यहाँ जीवन, स्वतन्त्रता र खुसियाली जस्ता तीन कुराहरु छन । त्यो समयानुसार परिवर्तन भएको छ । त्यसैले नेपालको विकासका लागि सबैभन्दा पहिला राजनीतिक निकास चाहिन्छ । नेपाललाई विकास र राजनीति निकासको गति दिन म तयार छु ।’, उनी भन्छन् । देशलाई नेतृत्व दिन तयार रहेको बताउदै नेपालले सुनको कचौरामा भिख मागिरहेको उनको अनुमान छ ।

नेपालमा राजनीतीक पार्टी र नेताहरुको विकास भए तापनि जनताको विकास नभएको उनको बुझाई छ । परिवर्तका लागि अभियानले देशको विकास खोजेको छ, त्यसलाई पूर्णता दिन सबैभन्दा महत्वपूर्ण नेपालीलाई शिक्षा दिनुपर्ने बताउँछन । अन्य विकसित देशलाई बुझेका व्यक्तिहरुले मात्र अहिलेको अवस्थालाई परिवर्तन गर्न सक्ने उनले अन्र्तक्रिया कार्यक्रममा बताए ।

परिवर्तनका लागि अभियानको बच्चा जन्मने वित्तिकै नागरिकता, ५ वर्षसम्म निःशुल्क स्वास्थ्य, २० वर्षसम्म निःशुल्क शिक्षा र २० देखि ४० वर्ष सम्मका युवाहरुलाई देशको विकासमा लगाउनु पर्ने पहिलो प्राथमिकतामा रहेको बताउँछन् । ‘हामी सबै नेपालीमा देशभक्ति छैन । हामी एनआरएन होइनौ । हामी त एआरएन हौ । त्यसैले यो पुस्ताले देशमो जिम्मेवारी लिनुपर्छ’, उनी भन्छन् ।  आफूले अभियानको क्रममा धेरै युवाहरुलाई प्रत्यक्ष भेटेको बताउँदै नयाँ पार्टी खोलेर अगाडि बढ्न प्रेरणा मिलेको उनी भन्छन् ।

अन्तक्रिर्या कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउदै उनले भने ‘देशको विकासका लागि संविधान चाहिन्छ भन्ने वाहाना मात्रै हो । संविधान ठूलो कुरा होइन, त्यसलाई ४ घण्टामा तयार गर्न सकिन्छ । भ्रष्टाचार हुने अर्बौं रकम निःशुल्क स्वास्थ्य र शिक्षामा लगाउन सकिन्छ । दिल्लीमा केजरीवालले गर्न सक्छन् भने नेपालमा हामी गर्न किन सक्दैनौ ?’ कतारमा कार्यरत सक्रिय युवाहरुको उपस्थिति रहेको अन्तक्रिर्या कार्यक्रमलाई छवी शर्माले सञ्चालन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment