Comments Add Comment

म त माइतीलाई बोलाएर दर खुवाउँछुः रेखा शाह

Rekha-saha

काठमाडौं । तीज आउन तीन हप्ता बाँकी रहेपनि शहरका केही महिलाहरु तीजको रमझममा भुलीसकेका छन् । चेलेबेटी भेटघाट शीर्षकमा कतिपय महिलाहरुले सामुहिक दर खाने कार्यक्रम सुरु गरिसकेका छन् । तर, गायिका रेखा शाहलाई यस किसिमको भड्किलो शैली मन पर्दैन ।

उनको भनाई अनुसार महिलाहरुले एकै ठाउँमा जम्मा भएर दर खानु नराम्रो होइन । तर, दरको बहानामा गरिने अनावश्यक भोजले उनलाई आकर्षित गर्दैन । तीजको बहानामा गरिने अनावश्यक प्रदर्शन देख्दा भने दिक्क लाग्छ उनलाई । अनलाइनखबरसंग कुरा गर्दै भनिन्- ‘तीजमा गहना र सारी शो गरेको पटक्कै मन पर्दैन ।’

माईतीलाई बोलाएर दर खुवाउँछु

rekha-sahaतीजमा माईती जानु र दर खानुलाई आम नेपाली महिलाले नीरन्तरता दिएका छन् । तर, रेखा माईती जाने अवसरै पाउदिनन् । भन्छिन ‘म माईती गएँ भने मलाई त रमाईलो होला घरमा बस्ने अरुलाई नरमाइलो हुनसक्छ । त्यसकारण माईतीलाई घरमै बोलाउँछु ।’

हरेक तीजमा उनले भाई र बुहारीलाई घरमै बोलाउछिन् तर, भाई बुहारी रित्तै आउँदैनन् । दरका लागि आवश्यक पर्ने सबै सामग्री बोकेर आउँछन् । दुईटी बुहारी र रेखा मिलेर परिकार बनाउँछन् । अनी रमाइलो गर्छन ।

तीजको अवसरमा पशुपतिनाथ मन्दिर लगायत अन्य मन्दिरमा महिलाको भीड लागेको देखेकी रेखा उनलाई अचम्म लाग्छ । ‘तीजकै दिनमा मन्दिरमा लाइन लाग्न जान्न ।’ ‘भगवान खोज्न मन्दिरै धाउन जरुरी छैन भगवान त मनभित्रै हुन्छ ।’ कुनै वेला नीरहार ब्रत बस्ने गरेकी रेखा अहिले भने फलफुल खान्छिन् ।

तीज गीतको निरन्तरता

प्राय लोकगायनमा सक्रिय रेखाले यसपाली पनि तीजको गीत गाएकी छिन् । भिडियोमा आफैंले मोडलिङ गरेकी रेखा आफ्नो गीतले नेपाली संस्कारलाई महत्व दिएको दाबी गर्छिन् ।

चर्चामा आउनका लागि नाङ्गीन पर्छ भन्ने मान्यतावाट टाढा छिन् । कतिपय तीज गीतको भिडियो हेर्दा चित्त बुझ्दैन उनलाई । उनको मान्यता छ ‘राम्रो गीत भयो भने सजिलै चर्चामा आईन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment