Comments Add Comment

नेपालले मलेसियालाई ७५ रनमा समेट्यो

Nepal vs Afaganistan

१४ भदौ, काठमाडौं । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ७५ रनमा समेटेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।

बायोमास ओभलमा टस जितेर पहिले व्याटिङ गरेको मलेसिया ३८ ओभरमा ७५ रन जोड्दा अलआउट भयो ।

उसका लागि पवनदिप सिंहले सर्वाधिक १७ रन बनाए  । नेपालका आरिफ शेखले १० ओभरमा ३ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए । दिपेश श्रेष्ठ र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए ।

पहिलो खेलमा यूएईविरुद्ध फराकिलो जित हात पारेको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment