Comments Add Comment

तिनाउ बैंकको सीइओमा पुनः श्रेष्ठ

१४ भदौ, बुटवल । तिनाउ विकास बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा प्रदिपकुमार श्रेष्ठलाई पुनः नियुक्ति Pradip_Kumar_Shrestha--finaगरेको छ । श्रेष्ठसँग बैंकिङ क्षेत्रको व्यवस्थापकीय तहमा १७ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

रुपन्देही, नवलपरासी र चितवन जिल्ला कार्यक्षेत्र भएको यस बैंकले ११ शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले ६ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । सो नाफाबाट बैंकले १८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०।९४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी १८ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको छ । घोषणा भएको लाभांश वितरण रकमलाई पुँजीकृत गरेपछि बैंकको चुक्ता पुँजी २१ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment