Comments Add Comment

बन्दले मोरङका होटल व्यवसायीलाई दुई अर्ब घाटा

१४ भदौ, मोरङ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण विराटनगरका होटल व्यवसायीलाई २ अर्ब रूपैयाँ घाटा भएको छ ।

नेपाल होटल संघ (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार १७ दिनयता होटल सुनसान भएका छन् । बन्दका कारण यातायात नचल्दा पर्यटक नआएकाले पर्यटन व्यवसायीलाई घाटा लागेको हो । भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल यतिखेर सुनसान भएका छन् ।

भारतीय पर्यटककै कारण विराटनगरका होटल सधैँजसो खचाखच हुने गरेका थिए । विभिन्न सीमानाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटक शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल संघले जनाएको छ ।

पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष सुरेश भट्टराईंले यातयातका साधन चल्न नपाउदा पर्यटन व्यवसाय पूरै सुनसान भएको बताए । विराटनगरमा ठूला र साना गरेर झन्डै १०० को हाराहारीमा होटल सञ्चालित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment