Comments Add Comment

रणबीर र अक्षयसँगै सन्नी लियोन

sunny-2

मुम्बई । बलिउडका ठूला स्टारले आफुसँग काम गर्न नमानेको गुनासो गरेकी सन्नी लियोनीले दुई चर्चित स्टार रणबीर कपुर र अक्षय कुमारको फिल्ममा देखिने अवसर पाएकी छिन् ।

अक्षयको ‘सिंह इज ब्लिग’ मा अतिथी भुमिकामा देखिएकी सन्नी करण जौहरको ‘ऐ दिल है मुस्किल’ मा पनि देखिने भएकी छिन् । उक्त चलचित्रमा उनी रणबीर कपुरको नायिकाको रुपमा देखिने भएकी छिन् ।

भुमिका सानै भए पनि ए ग्रेडका कलाकारसँग अभिनय गर्न पाउनुलाई सफलताको रुपमा बुझेकी छिन् उनले । उनले मस्तिजादेमा तुषार कपुरको नायिका भएर काम गरेकी छिन् । मस्तीजादे यसै वर्ष रिलिज हुने भएको छ । सञ्जय गुप्ताको चलचित्र ‘शुट आउट एट वडाला’ मा पनि सन्नीले अतिथी भुमिका निर्वाह गरेकी थिइन् ।

सन २०१२ मा प्रदर्शन भएको ‘जिस्म-२’ वाट अभिनय सुुरु गरेकी सन्नीले बलिउडमा अझै आफ्नो पहिचान स्थापना गर्न सकेकी छैनन् । उनले अभिनय गरेको एक पहेली लीला र कुछ कुछ लोचा है प्रदर्शन भईसकेको छ । एक पहेली लीलाले ठिकै ब्यापार गरेपनि कुछ कुछ लोचा है ले बक्स अफिसमा खराब नतिजा देखाएको थियो ।

पटक पटक विवादमा आउने नायिकाका रुपमा चिनिन्छिन् उनी अहिले । केही नायिकाले सन्नीले युवाहरुलाई बरालेको आरोप लगाएका छन् भने केही समुहले उनलाई देश निकाला गर्नुपर्ने माग समेत गरेका छन् ।

एक ग्रेडका नायकले आफुसंग फिल्म खेल्न नमानेको प्रसंगमा उनले ति नायकका श्रीमतिलाई आफुसंग नडराउन आग्रह गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment