Comments Add Comment

एसीसी यू १९ क्रिकेट : नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

Nepal vs Afaganistan

  • फाइल तस्वीर

१४ भदौ, काठमाडौं । एसीसी यू-१९ प्रिमियर लिग क्रिकेटमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । अफगानिस्तानसित लज्जास्पद हार व्यहोरेको दुई दिनपछि नेपाललाई मिठो जित हात लागेको हो ।

७६ रनको झिनो विजय लक्ष्य पछ्याउँदा नेपालले १४ ओभर चार बल खपत गर्दै दुई विकेट गुमाएको थियो । नेपालका ओपनर आशिष धामीले ४० बलमा ३८ रन बनाएर अविजित रहे । राजवीर सिंह ३३ र सुनिल धमला ३ रन बनाए ।

यसअघि बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ७५ रनमा समेट्यो ।

मलेशीयाको इनिङलाई धराशयी बनाउन आरिफ सेफले ४ विकेट लिएका थिए । उनले १० ओभरमा ३ मेडन राख्दै १८ रन खर्च गरे । दिपेश श्रेष्ठ र दिपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए । मलेशीयाका लागि पवनदिप सिंहले सर्वाधिक १७ रन बनाए ।

पहिलो खेलमा यूएईविरुद्ध फराकिलो जित हात पारेको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment