Comments Add Comment

बन्दले जनकपुरमा कालोबजारी सुरू

१४ भदौ, जनकपुर  । निरन्तररुपमा बन्दका कारण धनुषामा उपभोग्य वस्तुको कालोबजारी सुरु भएको छ । दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभावसँगै उपलब्ध सामग्रीमा समेत व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि सर्वसाधारणको जीवन कष्टपूर्ण भएको छ ।

तरकारीमा प्रतिकेजी २० देखि ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । प्याज, गोलभेँडा, आलु, सिमी, भिन्डी, भन्टालगायतका तरकारीको मूल्य वृद्धिले किन्नै नसकिने उपभोक्ताको गुनासो रहेको छ ।

त्यस्तै, बन्दको नाममा पेट्रोलियम पदार्थको समेत कालोबजारी सुरु भएको छ । बन्दकर्ताले ठूलो सवारीसाधनमा रोक लगाएपछि दुईपाङ्ग्रे सवारीसाधनमा छुट दिए पनि पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारीका कारण मोटरसाइकल, स्कुटरलगायत सवारीसाधनसमेत ठप्प हुने अवस्था सिर्जना भएको छ ।

जिल्लामा यतिबेला कालोबजारी गर्नेले प्रतिलिटर रु २०० सम्ममा पेट्रोल बिक्री गरिरहेका छन् भने खाना पकाउने ग्यासको पनि उस्तै समस्या रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment