Comments Add Comment

अमेरिकामा रहेका नेपालीले जनै पूर्णिमा मनाए

rachya bandahan-USAबिकास राज न्यौपाने

अमेरिका । अमेरिकी राज्य टेक्सासको  ड्यालसमा रहेका नेपालीहरूले जनै पूर्णिमा पर्व  रक्षाबन्धन गरी मनाएका छन् । इर्विंग स्थित नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र,  नेपाली मन्दिरमा  जम्मा भै  आस्था एवं  उल्लासका साथ  उनीहरूले जनै पूर्णिमा पर्व मनाएका हुन् ।

मन्दिरका  गुरु डा. शेखर पण्डितका  अनुसार  पोहोरको  तुलनामा  यसपाली  जनै  फेर्ने  र  डोरो बाँध्नेको  घुइँचो बढी थियो ।

नेपालीहरुको बाक्लो बसाई रहेको ड्यालस/ फोर्टवोर्थको उक्त नेपाली मन्दिरमा   हिजो बिहानैदेखि  नेपालीहरु भेला भई जनै फेर्ने, डोरो बाँध्ने कार्य भई रहेको थियो । भक्तजनहरु आफ्नो समय अनुकुल मिलाएर मन्दिरमा आई जनै, डोरो लगाउने काम सजिलोसँग सम्पन्न हुन सकोस् भनेर मन्दिरका पण्डित  डा. शेखर पण्डित लगाएत थप दुई पण्डितहरु (अच्युत लम्साल र कृष्ण भट्टराई)  बिहान ७   बजेदेखि साझ ८  बजेसम्म मन्दिरमा रहने व्यबस्था मिलाइएको पुजा समितिका संयोजक रमेश पोखेरेलले बताए ।

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारण तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ । अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, सो दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषि-तर्पण गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा  भन्ने गरिएको हो ।

रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मर्यादा र संयमको प्रतिक हो ।सूत्र कुनैपनि वस्तुलाई अविच्छिन्न गर्ने माध्यम हो । रक्षाबन्धनको सही अर्थ आफू आत्मस्थितिमा अचल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment