Comments Add Comment

क्यानडामै  ऋषि तर्पणी र रक्षा बन्धन गरियो

rachhya bandhan-canadaक्यानडा । नेपालमा अधिकांश ब्राम्हण समुदायका युवाहरूले जनै लगाउन छाडिसकेका छन् । तर विदेशमा रहेका नेपालीहरूले भने अाफ्नो संस्कृति बचाएकै छन् ।

क्यानडाको भ्यानकुभरका नेपालीहरुले जनै मन्त्रणा गरी शनिबार यस वर्षको ऋषि तर्पणी र रक्षा बन्धन गरे । दियो, कलश, गणेशको पूजा एवं सप्तऋषिहरुको पूजा र तर्पण कार्यक्रम गरी विहान ९ वजे देखि दिउँसो १ वजेसम्म मनाएका छन् ।

पूजाको कार्यक्रम समाप्त भएपछि तागाधारीहरुले नयाँ जनै लगाएका थिए भने उपस्थित सबैले रक्षा बन्धन र प्रसादग्रहण गरी परदेशमा पनि नेपाली धार्मिक संस्कृति मनाएका थिए । कार्यक्रममा करिव एक सय जनाको सहभागिता भएको थियो ।

rachhya bandhan-canada-2कार्यक्रमको आयोजना पशुपतिनाथ बौद्धनाथ मन्दिर निर्माण तदर्थ समितिले गरेको थियो । यस संस्थाले आगामी पर्व श्रीकृष्ण अष्टमी, तीज र पंचमीको पूजाको पनि आयोजना गरेको छ|

पशुपतिनाथ बौद्धनाथ मन्दिर च्यारिटी संस्थाका रुपमा दर्ता हुनका लागि क्यानडा रेभेन्यू एजेन्सीमा छ  महिनाअघि सबै कागजात पठाएको र अब केही महिनाभित्रै विधिवत दर्ता हुने र त्यसपछि संस्थाका अल्पकालिन र दीर्घकालिन योजना बनाई अघि बढने भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment