Comments Add Comment

‘डल्ली’का कुरा : ‘मैले काम गरेपछि मनोरञ्जन दिनुपर्छ, नत्र गर्दिन’

chulthim-gurung
चलचित्र ‘नोभेम्बर रेन’ प्रदर्शनमा आएपछि चर्चित बनिन्, छुल्ठिम गुरुङ । चलचित्रमा ‘डल्ली’ पात्रको भूमिकामा काम गरेपछि एकाएक चर्चित बनेकी छुल्ठिमले यसपछि आफूले चलचित्रमा काम नगर्ने उद्घोष गरिन् ।

उनले ‘नोभेम्बर रेन’को भूमिका मन परेकाले मात्र काम गरेको भन्दै आफू नायिका नै बन्नुपर्छ भन्ने पक्षमा नरहेको खुलाइन् । उनै छुल्ठिमले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई दर्शक निराश बनाउन मन नलाग्ने बताएकी छिन् ।

अब चलचित्र खेल्ने कि नखेल्ने भन्ने अनलाइनखबरको प्रश्नमा छुल्ठिमले भनिन्-‘मलाइ दर्शक निराश बनाउन मन लाग्दैन । ‘नोभेम्बर रेन’मा जस्तै भूमिका आएको खण्डमा अवश्य पनि गर्छु ।’

छुल्ठिमले उही पुराना टिपिकल बिषयका चलचित्र गरेर आफूलाई नायिका बन्नु नरहेको पनि बताइन् । उनले खासमा चलचित्र गर्नैपर्छ भन्ने नभएको पनि अनलाइनखबरसँग बताइन् । चलचित्रमा अभिनय गर्ने बिषयमा खासै सोच नबनाएपनि छुल्ठिम नेपाल र कतारमा आयोजना हुन लागेका २ वटा अवार्डमा भने नृत्य गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment