Comments Add Comment

कालोराडो लङमन्टका नेपालीहरुको पिकनिक

picnin-coloradoनातिबाबु भट्ट

कोलोराडो । कोलोराडोस्थित लङमन्टमा रहेका नेपालीहरुबीच भेटघाट तथा आपसी समन्वय तथा सद्भाव बढाउने उद्देेश्यले पिकनिक कार्यक्रम सम्पन्न गरेका छन् ।

लङमन्टका मेयर डेनीस एल कम्स र मीसेस कृष्टिनाको विशेष उपस्थितिमा भएको पिकनिकमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, नेपाली घरका अध्यक्ष योगराज गौतम, समाज सेवी डाईनामिक बुना, जनसम्पर्क समिति अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, जनसम्पर्क समिति कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारी लगायतको उपस्थिति थियो ।

picnin-colorado-2त्यसैगरी अन्य अतिथीहरुमा अन्तर्राष्ट्रिय कलाकार मन्चका अध्यक्ष साबु गदाल, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष भुपेन्द्र महत, नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका पब्लिक रिलेसन अफिसर टीका पौडेल, नायक नवराज श्रेष्ठ, गायक बिजय अधिकारी, गुरुङ्ग समाजका सन्तोष गुरुङ्ग लगायत विभिन्न अतिथिहरु पनि पिकनिक कार्यक्रममा सहभागी थिए ।

स्थानीय रमणीय पार्कमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी नारायण श्रेष्ठले उपस्थित अतिथिहरु सबैलाई स्वागत गर्दै लङमन्ट सिटीमा झण्डै ५ सय नेपाली बसोबास गर्ने भए पनि एक अर्कामा चिनजान नभएकोले आफसमा चिनाजानी, समन्वय तथा सद्भाव बढाउने उद्देेश्यले कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा मेयर डेनीस एल कम्सले नेपाली समाजको हक हित र बिकासको लागी आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । जोशन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमलाई बाल कलाकार आश्वीनी श्रेष्ठ र जानवी गुरुङ्ग लगायतले संगीतमय बनाएका थिए ।

संजय प्रधान, प्रमोद श्रेष्ठले नेपाली राष्ट्रिय गीत गायर मनोरञ्जन गराए । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न पुर्ण श्रेष्ठले सहभागीहरुलाई बिङ्गो खेलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment