Comments Add Comment

शान्ता चौधरीको प्रश्न-दुई वर्षे बालक मार्ने यो कस्तो आन्दोलन ?

१४ भदौ, काठमाडौं । पूर्वसभासद शान्ता चौधरीले थारु समुदायलाई अगाडि सारेर हत्या हिंसा गर्नेहरु अपराधी भएको बताएकी छन् । उनले आन्दोलनका नाममा साम्प्रदायिकता र हिंसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नु पर्ने समेत बताएकी छन् ।

santa-chaudharyएमाले पूर्व सभासद चौधरीले टीकापुर घटनाको दोष सिंगो थारु समुदायलाई दिन खोसिजएको भन्दै त्यो कुनै हालतमा स्वीकार नगरिने बताएकी छन् ।

नेपालमा सबैभन्दा शान्ति पक्षधर थारु भएको भन्दै उनले भनिन्-‘केही व्यक्तिले षड्यन्त्रपूर्वक ढंगले गरेको आरोमिा सिंगो थार समुदायलाई दोष दिने र थारुलाई आक्रमण गर्ने काम भयानक अपराध हो ।’

लोकतन्त्रमा हिंसात्मक आन्दोलन मान्य नहुने भन्दै उनले प्रश्न गरेकी छन्-दुई वर्षे बालकलाई मार्ने यो कस्तो आन्दोलन हो ? दूधमुखे बालक मारेर आमाको काख उजाड बनाउनेलाई आन्दोलनकारी कसरी भन्ने ?

थारु समुदायको हित गर्छु भन्दै आन्दोलन गरेर त्यही समुदायलाई अगाडि सारेर गरिएको हिंसालाई समर्थन गर्ने काम थारु नेताहरूले गर्न नहुने उनको सुझाव छ ।

‘थारु समुदाय विभेद र अन्यायमा परेको छ तर हिँसा गरेर न्याय पाउन सकिँदैन’ उनले फेसबुकमा लेखेकी छन्-शान्तिपूर्ण आन्दोलनमा जुन शक्ति हुन्छ हिँसात्मक आन्दोलनमा हुँदैन । शान्तिपूर्ण आन्दोलनलाई बदनाम बनाउने र आफूले आव्हान गरेको आन्दोलनमा भएको नैतिक जिम्मेवारी नलिने गैरजिम्मेवार काम लोकतान्त्रिक हुँदैन ।’

आन्दोलनको नाममा साम्प्रदायिकता र हिँसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नुपर्छ । थारु समुदायको घर पसल जलाउने हुन् या थारु समुदायको हितको नाममा हिँसा मच्चाउने हुन्, उनीहरुलाई जातको आँखाले नहेरौं, उनीहरुलाई कानुनको कठघरामा उभ्याएर दण्ड दिनैपर्छ, मुलुकमा कानुनी राज हुनैपर्छ ।

हिंसात्मक आन्दोलन गरेर थारु समुदाय मात्र होइन कुनै समुदायलाई बदनाम बनाउन नपाइने उनले बताएकी छन् । ‘आन्दोलनको नाममा साम्प्रदायिकता र हिँसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नुपर्छ’ उनले भनिन्-‘थारु समुदायको घर पसल जलाउने हुन् या थारु समुदायको हितको नाममा हिंसा मच्चाउने हुन्, उनीहरुलाई जातको आँखाले नहेरौं । कानुनको कठघरामा उभ्याएर दण्ड दिनैपर्छ, मुलुकमा कानुनी राज हुनैपर्छ । ‘

देश अहिले रोइरहेको र देशको आँशु पुछ्न नयाँ संविधान ल्याउनु पनेर् भन्दै उनले सकारात्मक सोच राख्न, शान्तिको पक्षमा उभिन सबैलाई अपील गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment