Comments Add Comment

भारतीय मिडियामा नेपाली फिल्मको प्रचार

chankhe-add-in-indian-medai

निर्माता सन्तोष सेनले आफ्नो महंगो चलचित्र भनिएको ‘चंखे शंखे पंखे’को प्रचारका लागि भारतीय वेभसाइटलाई पनि रोजेका छन् । नेपालमै महंगो रकम प्रचारमा खर्च भैरहेको समयमा निर्माताले भारतीय बजारलाई पनि ध्यान दिदै प्रचारको नयाँ शैली अपनाएको बताएका छन् । नेपाली चलचित्रको विज्ञापन यसरी भारतीय मिडियामा खासै देखिएको छैन ।

सन्तोषले नेपालबाटै लगानी उठ्छ या उठ्दैन भन्ने प्रश्न चलचित्रको प्रदर्शन पश्चात उठाउँदा राम्रो हुने पनि बताए । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रले राष्ट्रियता, प्रेम, कमेडी र मित्रताको कथालाई उठान गरेको छ ।

चलचित्रको रिलिजसम्म करिब डेढ करोड बजेट पुग्ने निर्माताको दाबी छ । यसका लागि ४ करोड भन्दा माथिको व्यापार चलचित्रले गर्न आवश्यक छ । सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी, पूजा शर्माले मुख्य भूमिका निर्वाहा गरेको यो चलचित्र असोज ८ गतेबाट चल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment