Comments Add Comment

अमिताभको ट्विटर ह्याकगरि अश्लिल भिडियो राखियो

amitabh twitter
सामाजिक संजालमा सर्वाधिक चर्चित रहेका बलिउड नायक अमिताभ बच्चनको ट्विटर ह्याक गरिएको छ । अमिताभले यो कुराको जानकारी ट्विटरमार्फत दिएका छन् । उनको ट्विटर एकाउन्ट ह्याक गरेर कसैले आपत्तीजनक भिडियो पोष्ट गरिदिएको जनाएका छन् ।

अमिताभले आफ्नो डेढ करोड भन्दा धेरै फलोअर्स भएको एकाउन्ट ह्याक गरेर आपत्तिजनक भिडियो पोष्ट गर्नेलाई भनेका छन्-‘जसले पनि यो काम गरेको छ, यो अरु कसैलाई गर्दा राम्रो होला । मलाई यसको आवश्यकता छैन ।’

अमिताभलाई धेरैले यस्तो बिषयमा सजग रहन आग्रह गरेका छन् । बलिउडका चर्चित कलाकारको एकाउन्ट ह्याक गर्दा ह्याकर र यस्ता किसिमका साइटहरुलाई फाइदा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment