Comments Add Comment

६० लाख ठगीको आरोपमा इन्दिरा रिमाल पक्राउ

१४ भदौ, काठमाडौं । ६० लाख रुपैयाँ ठगीको आरोपमा प्रहरीले इन्दिरा रिमाललाई पक्राउ गरेको छ । रिमालसहितको समूहले जडिबुटीको कारोवार गर्ने भक्तपुर १४ का रामलक्ष्मी त्वायनाको ६० लाख रुपैयाँ ठगेको अभियोग छ ।

Indira-Rimalप्रहरीका अनुसार त्वायनालाई शंकरापुर ८ का गणेशकुमार पण्डितले जैविक विविधता नेपाल नामको जडिबुटी प्रशोधनका सञ्चालक निर्मल कार्कीसँग चिनजान गराराएका थिए ।

पण्डितले नुवाकोट खड्ग भन्ज्याङ्ग २ घर भई बालुवाटार बस्ने इन्दिरा रिमालको भारतमा जडिबुटी सम्बन्धी ठुलो कारोवार भएको र भारतबाट आवश्यक उपकरण तथा पाटपुर्जा ल्याई नवरस हर्बल इन्ड्रष्टिजको स्तरोन्नती गर्ने प्रलोभन देखाएका थिए ।

उनीहरुले रामलक्ष्मी त्वायनाको जग्गा धितो राख्न लगाई ६० लाख झिकेको थिए । त्वायनालाई भने इन्दिरा रिमालले ६० लाखको चेक दिएकी थिइन् । तर, चेक साट्न जाँदा रकम नपाएपछि पीडित रामलक्ष्मी त्वायनाले यस अपराध महाशाखामा ठगीको उजरी दिएका थिए ।

ठगीमा संलग्न मध्ये गणेश कुमार पण्डित धरौटीमा छुटेका छन् । इन्दिरालाई बालुवाटारबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment