Comments Add Comment

मन्त्री पण्डितको प्रश्न-कर्मचारीको गाडीमा झण्डा हाल्ने कसले भन्यो ?

१४ भदौ, काठमाडौं । मुख्य सचिव र सचिवहरुको गाडीमा सरकारी झण्डा हाल्ने र उनीहरुको सवारी भीआइपीजस्तै हुने चर्चाले सोमबार सामाजिक सञ्जाल गर्माएको छ ।

Lalbabu-panditतर, यस्तो चर्चालाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने ‘फेक’ बताएका छन् ।

‘कर्मचारीको गाडीमा झण्डा राख्ने चर्चा एक किसिमले भन्दाखेरि फेक हो,’ मन्त्री पण्डितले अनलाइनखबरसँग भने-‘यस्तो कुनै निर्णय नै भएको छैन, निजामति कर्मचारी ऐनको पाँचौं संशोधनका लागि सुझाव मागिएको छ, कर्मचारीको उमेर, शैक्षिक योग्यता वा उमेरका विषयमा पनि कुनै निर्णय भएको छैन ।’

गाडीमा लोगो राख्नु राम्रो हो : पौडेल

पूर्वमुख्यसचिव लीलामणि पौडेलले मुख्यसचिव र सचिवहरुको गाडीमा लोगो प्रयोग गर्दा कर्मचारीको पहिचान गर्न सजिलो हुने र यसले सरकारी गाडीको दुरुपयोग रोक्न मद्दत पुग्ने अनलाइनखबरलाई बताए ।

‘सरकारी गाडीमा लोगो प्रयोग गर्दा दुरुपयोग रोक्न सजिलो हुन्छ,’ पौडेलले अनलाइनखबरसँग भने- ‘मेरै कार्यकालमा लोगो राख्ने व्यवस्था गर्न लागिएको थियो, तर समयाभावले गर्दा निर्णय हुन पाएन ।’

तर, सरकारी गाडीमा कर्मचारीको लागोमात्रै राखिने र अन्य कुनै सविधान नदिने आफ्नो पालामा छलफल भएको पौडेलले स्पष्ट पारे । ‘कर्मचारीको गाडीमा लोगोमात्रै राँखे भनिएको हो, यसबाट ट्राफिक जाम हुने वा उनीहरुले विशेष सुविधा पाउने भनिएकै होइन, पौडेलले अनलाइनखबरसँग भने, ‘कर्मचारीलाई विशेष सुविधा दिने भनिएको होइन ।’

पौडेलले भने- ‘कर्मचारीले सरकारी गाडी दुरुपयोग गरे नगरेको जनताले पहिचान गर्नु राम्रो र पारदर्शी काम हो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment