Comments Add Comment

सडकमै नारिए मानिस, भदौमा घन्कियो असारे भाका !

१४ भदौ, तानसेन । सडकमा मान्छे नै गोरु जस्तो बनेर जुवामा नारिए । हातमा लठ्ठी लिएका एक व्यक्तिले अनौ समाए । रोपाहार र बाउसे पछि-पछि लागे । बजागाजासँगै भदौ महिनामा असारे गीत घन्कियो । खेतमा देखिनुपर्ने दृष्य सोमबार दिउँसो तानसेनको सडकमा देखियो ।

Ropai-Jatra-Palpa,-1

भदौ महिनामा असारे गीत ? बोरा र भाङ्ग्रा लगाएका मान्छे सडकमा नारिएको ? तपाईंको मनमा यस्तै-यस्तै जिज्ञासा उठ्यो होला । हो, पहाडकी रानी भनेर चिनिने पाल्पामा हरेक बर्ष गाईजात्राको भोलिपल्ट यस्तै हुन्छ । यसलाई रोपाईंजात्रा भनिन्छ ।

स्थानीयले हरेक बर्षजस्तै यसपटक पनि हर्षोल्लासपूर्वक रोपाईंजात्रा मनाए । यसवर्ष वडा विकास समिति बराङदि ३ अर्चलेले देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानको संयोजनमा रोपाईंजात्रा निकालेको थियो ।

हरायो रौनकता

Ropai-Jatra-Palpa,-2

तर, यसवर्षको रोपाईंजात्रामा विगतको जस्तो रौनकता भने नदेखिएको स्थानीयको भनाइ छ । आधुनिकतासँगै रोपाईंजात्राको रौनकता हराउँदै गएको जानकारहरुको बुझाइ छ ।

‘विगतका वर्षमा जस्तो पछिल्ला बर्षहरुमा यसको मौलिकता हराउँदै गएको छ,’ तानसेनका पुराना कलाकार ब्रहमशेखर बज्राचार्यले भने, ‘यसको संरक्षणमा सबै लाग्नुपर्नेबेला आएको छ ।’

सँस्कृति बचाउने प्रयास

Ropai-Jatra-Palpa,-3

रोपाईंजात्रा पाल्पाको पुरानो सँस्कृति हो । यसलाई गाईजात्रे शैलीमा मनाइन्छ । मानिसहरुले लगाउने पोशाक, हाउभाउ व्यंग्यात्मक हुन्छ ।

रोपाईंजात्रा नेपालको पुरानो सँस्कृति भएकाले लोप हुन नदिन प्रयास गरिरहेको देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष मदन देउरालीले बताए ।

रोपाईंजात्रालाई मध्यनजर गरी मगरहरुले आह्वान गरेको मगरात बन्द दिउँसो १२ बजेपछि फिर्ता लिइएको छ ।

– सुशील नेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment