Comments Add Comment

मलेसियामा हुने पर्यटन मेलामा नेपालको प्रवर्द्धन गरिने

१४ भाद्र, काठमाडौं । मलेसियाको क्वालालम्पुरमा आयोजना हुने माट्टा मेलामा नेपाली पर्यटन व्यवसायीले सहभागिता जनाउने भएका छन् ।

आगामी सेप्टेम्बर ३ देखि ६ सम्म आयोजना हुने मेलामा नेपाल सुरक्षित र खतरामुक्त रहेको संदेश प्रवाह गरिने छ । पर्यटन बोर्डसँग सहकार्य गरेर नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् -नाट्टा)ले मेलामा नेपाल प्रवर्द्धन गर्ने भएको हो ।

मेलामा सहभागिता जनाउन नेपालका तर्फबाट तयारी पूरा भएको जानकारी कार्यक्रम संयोजक एवं नाट्टाकी सह-कोषाध्यक्ष जीस्वान तुलाधारले जानकारी गराएकी छिन् ।

मेलामा ३ सेप्टेम्बरका दिन हुने ‘नेपाली रात्री स्वागत’ कार्यक्रममा नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन सम्बन्धी प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । मलेसियाका उच्च पदाधिकारीहरुले कार्यक्रममा उपस्थिति जनाउने भएका छन् ।
तुलाधरका अनुसार आफ्नै खर्चमा देशको पर्यटन प्रवर्द्धन गर्ने प्रयास भएकाले भविष्यमा सही नतिजा आउने आशा आउने छ ।

‘नेपालको पर्यटन प्रवर्द्धन गर्ने हाम्रो सोँच हो, यस कार्यमा नाट्टा सक्रिय भएर लागिरहने छ’ कोषाध्यक्ष तुलाधारले भनिन्- ‘निजी क्षेत्रको प्रयास खेर जाने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment