Comments Add Comment

विमललाई फोन गरेर प्रधानमन्त्रीले दिए बधाइ

१४ भादौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले यू-१९ साफ च्याम्पियनसिपको विजेता बनेको नेपाली फुटबल टोलीलाई बधाइ दिएका छन् ।

भारतसँगको फाइनल खेलका क्रममा बिमल वल अघि बढाउँदै
भारतसँगको फाइनल खेलका क्रममा बिमल वल अघि बढाउँदै

कोइरालाले आइतबार साँझ नेपाली टोलीका कप्तान बिमल घर्ती मगरलाई टेलिफोन गरी बधाई दिएको प्रधानमन्न्त्रीको निजी सचिवालयले जनाएको छ । घर्ती भारतसँग मैत्रिपूर्ण फुटबल खेल्न आइतबार भारतको पुणेमा पुगेका छन् ।

टेलिफोनमा प्रधानमन्त्री कोइरालाले साफ विजेता बनेर नेपाली टोलीले राष्ट्रिय प्रतिष्ठा उचो बनाएकोमा आफू गौरवान्वित भएको बताए । सफलताको लागि नेपाली टीमका कप्तान, प्रशिक्षक र समस्त टीमका सदस्यहरुलाई बधाई दिँदै कोइरालाले आगामी दिनमा क्षेत्रीय र अन्तराष्ट्रिय प्रतियोगितामा यसरी नै सफलता प्राप्त होस् भन्ने शुभकामना दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले फूटबल खेलको विकासको लागि सरकारले यथासक्य सहयोग गर्नुको साथै खेलाडीहरुलाई प्रोत्सान दिने बताएएका छन् ।

नेपाली यू-१९ टीमका कप्तान विमलले प्रधानमन्त्री कोइरालाले दिनुभएको बधाई र शुभकामनाका प्रति कृतज्ञता प्रकट गर्दै नेपाल र्फकने वित्तिकै प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।

शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टीमा ५-४ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment