Comments Add Comment

भैरहवाको डण्डा खोलामा शव भेटियो

सलमान खान

१४ भदौ, भैरहवा । भैरहवा डण्डा खोलामा एक एक युवकको शव भेटिएको छ । रुपन्देही बोदवार गाविस ३ बुची का ३३ वर्षीय रामेश्वर पासीको डण्डा खोलामा शव फेला परेको हो ।

रुपन्देही सिद्धार्थनगर नपा १ बेलहिया स्थित डण्डा खोलामा युवकको शव फेला परेको पुष्टि गर्दै रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले अनलाइनखबरसगँ भने-कहिले मृत्यु भएको हो, त्यो अझै खुलेको छैन ।’

युवकको पाइन्ट उनको कम्मरमा बाँधिएको अवस्थामा शव फेला परेको छ ।

मृतक युवकको परिवारका अनुसार बेलहियामा प्रहरी, बन्दको प्रतिकार समूह र बन्दकर्ता बिच भएको झडपको दिन गत भदौ ३ गते देखि मृतक पासी बेपत्ता रहेको दावी गरेका छन् ।

मृतक पासीको शव पोष्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment