Comments Add Comment

आइफोन ६ मा सेल अफर, ७ हजार पाँच सय रुपैयाँसम्म छुट

iphone_6काठमाण्डौ । नेपालमा एप्पलका उत्पादनको आधिकारिक विक्रेता ओजिल स्टोरले आइफोन ६ मा सेल अफर सुरु गरेको छ ।
यदि तपाईले नेपालमा वारेन्टीसहितको आइफोन सिक्स किन्ने सोच्दै हुनुहुन्थ्यो भने यो तपाइका लागि उपयुक्त अफर हुनसक्छ ।

ओलिज स्टोरले ६४ जीवीको आइफोन ६ मा ६ हजार रुपैयाँ छुट दिएको छ । ९६ हजार रुपैयाँ पर्ने फोन अब तपाईले ९० हजार रुपैयाँमै पाउनुहुनेछ । यसैगरी १ लाख ७ हजार ५ सय रुपैयाँ पर्ने १२८ जीवीको आइफोनलाई अब तपाईले जम्मा १ लाख रुपैयाँमा पाउनुहुनेछ ।

छुट अफरमा आइफोन किन्नका लागि ओलिज स्टोर अनलाइनमा गएर अर्डर गर्न सकिने छ । फोनमार्फत् पनि ग्राहकले फोन अर्डर गर्न सक्नेछन् ।

यसरी अर्डर गरिएको फोन नेपालभर फ्रि होम डेलिभरी हुने ओलिज स्टोरका प्रबन्ध निर्देशक लोकेश ओलीले अनलाइनखबरलाई जानकारी दिए । ग्राहकले ओजिल स्टोरको बबहरमलस्थित स्टोरमै पुगेर आफ्नै आँखाले आइफोन हेरेरसमेत किन्न सक्छन् ।

‘बिदेश वस्ने नेपालीहरुले नेपालमा रहेका आफन्तलाई एप्पलको वारेन्टीसहितको ब्राण्डेड आइफोन उपहार दिने यो सवैभन्दा उपयुक्त मौका हो ।’ ओलीले भने-‘बिदेशमै बसेर आफ्नो क्रेडिटकार्डमार्फत् भुक्तानी गरेकै दिन हामी फोन डेलिभरी दिन्छौं ।’

iphone-6-at-hand

ओलिज स्टोरले एप्पलका कम्प्युटर, ल्यापटप, आइप्याड, आइपोड, मोबाइल तथा पाटपूर्जा र सामाग्रीहरु विक्रि वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment