Comments Add Comment

सोमबारका टप १० समाचार, तपाईले छुटाउनु भयो कि ?

आज सोमबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. संकटमा प्रधानमन्त्री कोइराला, यस्ता छन् चुनौती

प्रधानमन्त्री सुशील कोइराला संकटको भूँवरीमा परेका छन् । मधेस र थारु समुदायको आन्दोलनदेखि डा. गोविन्द केसीको आमरण अनसनसम्म कोइरालाको टाउको दुःखाइ बनेको छ ।

२. धुर्मुस-सुन्तली बस्तीमा पुनर्निर्माण प्राधिकारणका सीइओ, भन्छन्- यो मोडल ठीक

Govinda-Pokhrel-At-dhrumus-suntali-Namina-Basti

पुनर्निर्माण प्राधिकारणका सीईओ गोविन्दराज पोखरेल धुर्मुस-सुन्तली बस्तीमा पुगे । नमुना वस्ती हेरेपछि पोखरेलले धुर्मुसलाई इन्जिनियर हो कि क्या हो मात्र भनेनन्, यो मोडल ठीक भएको बताएका छन् ।

३. भारतीय गृहमन्त्री भन्छन्, नेपालमा एक करोड भारतीय छन्

भारतीय गृहमन्त्री राजनाथ सिंहको एक अभिव्यक्ति आयो, जसले नेपालमा ठूलो तरंग ल्याएको छ । उनले नेपालमा एक करोड भारतीय रहेको र उनीहरुलाई संरक्षण गर्नु पर्ने भनेको इण्डिया टुडेले जनाएको छ ।

५. मध्यस्थकर्ता खोज्दै त्रसित टीकापुर, थारु नेताहरु अर्धभूमिगत

Tikapur

थारु आन्दोलनका क्रममा टीकापुरमा एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको ८ दिन भयो तर, त्रास हेटेको छैन । बरु, थारु नेताहरु अर्धभूमिगत भएका छन् । वार्ता समेत सुरु हुन सकेको छैन ।

५. मन्त्री पण्डितका कुरा-कर्मचारीलाई कसले दिन्छ झण्डावाल गाडी

मुख्य सचिव र सचिवको गाडीमा नेपालको झण्डा हुने र उनीहरुको गाडी भीआईजीको जस्तै हुने चर्चा चल्यो । तर, सामन्य प्रशासन मन्त्री लालबाबु पण्डित भने कर्मचारीलाई कसले दिन्छ झण्डावाल गाडी भन्दैछन् ।

६. तनावग्रस्त वीरगञ्ज, एकको मृत्यु, प्रहरी चौकीमा आगजनी

वीरगञ्ज सोमबार विहानैबाट तनावग्रस्त थियो । साँझ आइपुग्दा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरी चौकीमा आगजनी गरे ।

७. खुमबहादुरको सडक प्रदर्शन, हिन्दु राष्ट्रको माग

rally (12)

पूर्वमन्त्री खुमबहादुर खड्कासहितको समूहले हिन्दु राष्ट्र माग गर्दै नयाँबारेश्वरमा प्रदर्शन गर्‍यो । प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनाव समेत उत्पन्न भएको थियो ।

८. सभासदको प्रस्ताव, राष्ट्रिय झण्डा र जनावर फेरौं

संविधानको विधेयकमा संशोधन गर्दा गर्न दिइएको समयको पहिलो दिन केही प्रस्ताव दर्ता भए । जसमा राष्ट्रिय झण्डा र जनावर परिर्वतनको माग समेत छ ।

९. किन फिल्म नखेल्ने घोषिणा गरिन् ‘डल्ली’ले

चलचित्र नोभेम्बर रेनबाट चर्चामा आएकी हुन् छुल्ठिम गुरुङ । चलचित्रमा डल्लीको भूमिका निभाएकी हुने आफ्नो कामले मनोरन्जन दिनु पर्ने मान्यता राख्छिन् ।

१०. मधेस बन्द हुँदा ५० अर्ब घाटा

भूकम्पले थपिएको नेपाली अर्थतन्त्र तंगि्रन लाग्दा बन्दको मारमा परेको छ । मधेसमा लगातारको बन्द जारी छ र यसले दिनदिन घाटा बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment