Comments Add Comment

२५ लाख विद्याथीको पढाइ अस्तव्यस्त

१५ भदौ, काठमाडौं । सीमांकनको विषयमा देशका विभिन्न भागमा निरन्तर भइरहेको बन्दका कारण करिब २५ लाख विद्यार्थीको भविष्य अस्तव्यस्त बन्न पुगेको छ । यो अवस्थामा समेत सरकारले कुनै चासो दिएको पाइएको छैन् ।
Banda
पहिचानसँग जोडिएको मुद्दामा शिक्षा मन्त्रीले समेत बन्द रोक्न जोडबल गर्न नसक्दा करिब ३५ जिलाका विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पढाइ ठप्प भएको नेपाल समाचारपत्रमा खबर छ ।

शिक्षा मन्त्रालयका उच्च अधिकारीले बन्द रहेका शिक्षा क्षेत्र खुलाउन आग्रह गर्दा प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने बताएका थिए । तर, कहिले राष्ट्रव्यापी रुपमा आह्वान गरेर विद्यालय खुलाउने भन्ने विषयमा शिक्षा मन्त्री स्वमय् अन्योलमा रहेका छन् ।

मन्त्रालयले अपील जारी गरेर बन्द रहेका विद्यालय खोल्न आग्रह गर्ने तयारी गरेपनि अन्तिम समयमा रोकिएको छ । यो पहिचानसहितको राजनीतिक मुद्दा भएकाले मन्त्रालयले समेत विद्यालय खुला गराउन आग्रह गर्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment