Comments Add Comment

मिलेमतोमा मिल्क होलिडे, नेपालमा खपत नभएपछि भारत निर्यात गर्ने तयारी

१५ भदौ, काठमाडौ । सरकारले खपत नभएको दूध भारत निर्यात गर्ने तयारी गरेको छ । किसानले उत्पादन गरेको दूध खपत नभएर सडकमा फाल्नुपर्ने अवस्था आएका कारण निर्यातको तयारी गरिएको हो ।
milk collection
कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले बन्द र हड्तालका कारण ढुवानीमा समस्या रहेको र उत्पादित दूधले पनि बजार नपाएपछि भारत निर्यातका लागि गृहकार्य शुरु गरिएको जानकारी दिए ।

आन्तरिक बजारमा खपत हुन नसकेको दूध खेर जान नदिन भारतको पटना निर्यात गर्न लागिएको सचिव भट्टराईले जानकारी दिए, अन्नपूर्ण पोष्टमा खबर छ ।

यो बेला दूधको उत्पादन पनि बढेको र बन्द हड्तालका कारण पूर्ववत रुपमा दूधको खपत हुन नसकेको सचिव भट्टराई बताउँछन् ।

दैनिक २ लाख ५२ हजार मूल्य बराबरको करिब ६० हजार लिटर तरल दूध भारत निर्यात गर्ने तयारी गरिएको छ ।
दूध नबिकेपछि दूग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीलेसमेत किसानबाट खरिद गर्ने दूधको परिमाण घटाएर अघोषित रुपमा मिल्क होलिडे गरेका छन् ।

मिलेमतोमा मिल्क होलिडे

सरकार र निजी क्षेत्रको झगडाका कारण यस वर्ष ‘मिल्क होलिडे शुरु भएको छ । सरकारले समय सापेक्ष दूधको मूल्य समायोजन नगरेको भन्दै निजी र सरकारी डेरीले विदेशबाट ल्याएपछि मिल्क होलिडे शुरु भइसकेको छ ।

उद्योगीकाअनुसार अहिले स्वदेशी किसानसँग दूध किन्नुभन्दा आयात गर्दा सस्तो पर्छ । अधिकांश डेरी उद्योगले विदेशबाट पाउडर ल्याएर दुधजन्य पदार्थ बनाइरहेका छन् । किसान भने दूध बेच्न नपाएर सडकमा पोख्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment