Comments Add Comment

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे छलफल

१५ भदौ, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक नयाँ बानेश्वरस्थित संविधान सभा भवनमा बसिरहेको छ ।

congress-flagबैठकमा पार्टीको आगामी १३ औँ महाधिवेशन निर्धारित समयमा हुने कि नहुने भन्ने अन्योलका विषयमा छलफल जारी छ ।

बैठकमा संविधान निर्माण, सीमाङ्कनको विषयलाई लिएर तराई-मधेसमा भइरहेको आन्दोलन, पार्टीको आसन्न १३औँ महाधिवेशन, सभासद् अमरेशकुमार सिंहको स्पष्टिकरण जवाफलगायत विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको १३ औँ महाधिवेशन आगामी असोज २ देखि ५ गतेसम्म र त्यसअघि यही भदौ १७ गतेदेखि गाउँ, नगर, वडा अधिवेशन तोकिएको भएपनि पार्टी संविधान लेखन प्रक्रियामा व्यस्त रहेका कारण खासै तयारी गरेको देखिएको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment