Comments Add Comment

विद्यालय पुन:निर्माणका लागि २० हजार अमेरिकी डलर संकलन 

Run-For-Nepal2

नर्थ क्यारोलिना । भूकम्पले क्षति पुर्याएका विद्यालयको पुनर्निर्माणका लागि अमेरिकाको नर्थ क्यारोलिनामा आयोजित कार्यक्रममा २० हजार डलर रकम संकलन भएको छ ।

गत वैशाख १२ गते नेपालमा गएको भूकम्पबाट क्षतिग्रस्त प्राथमिक विद्यालयहरुको पुन:निर्माणको सहयोगार्थ स्थानीय नेपालीहरुको सामुहिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसीएनसी) ले ‘रन फर नेपाल’ कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

नेपाली र विदेशी गरि करिब चार सयजनाको सहभागिता रहेको उक्त कार्यक्रममा पाँ किलोमिटर दौड तथा चन्दा संकलन गरिएको थियो । दुवै कार्यक्रमबाट २० हजार अमेरिकी डलर संकलन भएको कार्यक्रमका मुख्य संयोजक दीपेन्द्र लामिछानेले जानकारी दिए ।

Run-For-Nepal

प्रतियोगी र अप्रतियोगी गरी दुई समुहबाट सहभागी हुन पाइने सो दौडमा बालकदेखि वृद्धसम्म सबै उमेरका सहभागीहरुको उत्साहजनक उपस्थिति थियो। सहभागी आशिष हाडाका अनुसार, “स्थानीय तहमा सम्पन्न भएका विभिन्न कार्यक्रमहरु मध्ये उक्त दौड सम्भवत: अहिलेसम्म कै उत्कृष्ट रुपमा व्यवस्थापन र सन्चालन गरिएको कार्यक्रम थियो।”

मुख्य कार्यक्रम पछि आयोजना गरिएको सांगीतिक कार्यक्रममा स्थानीय नेपाली सांगीतिक समुह नेपा:रिदमको विभिन्न प्रस्तुतिहरु रहेको थियो। कार्यक्रममा अमेरिका स्थित नेपाली दुतावासका प्रतिनिधि कैलाश राज पोख्रेलले पुन:निर्माण प्रकियामा आर्थिक एवं नैतिक सहयोगको ठुलो भूमिका रहेको चर्चा गर्दै सहयोगी हातहरु प्रति कृतज्ञता प्रकट गरे ।

Run-For-Nepal1

त्यस्तै मोरिस्भिल टाउनका प्रतिनिधि स्टिव रावले यस्ता कार्यक्रमहरुको अझै खाँचो रहेको बताउँदै दौडमा सहभागीहरुले लक्ष्य-रेखा पार गरेता पनि पुन:निर्माणको दौडमा नेपाल लक्ष्य भन्दा धेरै पर रहेको बताए ।

भूकम्पबाट पीडितहरुको सहयोगार्थ नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले विभिन्न कार्यक्रमहरुबाट हालसम्म करिब ७० हजार  अमेरिकी डलर संकलन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment