Comments Add Comment

लिम्बुवानको बन्द दोस्रो दिन पनि जारी, जनजीवन प्रभावित

१५ भदौ, ताप्लेजुङ । संघीय लिम्बुवान पार्टी नेपालले आहृवान गरेको बन्दका कारण मंगलबार पनि पूर्वको जनजीवन प्रभावित बनेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले सोमबार र मंगलबार पूर्वका नौ जिल्लामा दुई दिने आमहड्तालको आहृवान गरेको हो ।

बन्दले पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभवित बनेको छ । ती क्षेत्रमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी-साधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षणसंस्था ठप्प छन् ।

चार दलले अरुणपूर्वका नौ जिल्लामा सगरमाथा अञ्चलका पाँच जिल्ला पनि थपेर प्रदेश बनाएकोमा लिम्बुवान पार्टीले विमति जनाएको छ । संघीय लिम्बुवान प्राप्तिका लागि दबाव दिन शान्तिपूर्ण आन्दोलन सञ्चालन भइरहेको संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment