Comments Add Comment

रेशम फिलिली नायक विनयको इन्गेजमेन्ट

binaya-and-yani

काठमाडौं । रेशम फिलिली नायक विनय श्रेष्ठको प्रेमिका एनी थापासाग इन्गेजमेन्ट भएको छ । विगत दुईवर्षदेखि अफेयरमा रहेका विनय र एनीको विवाह मिती भने तय भएको छैन ।

लण्डनमा पढ्दै गरेकी एनी इन्गेजमेन्टकै लागि काठमाडौं आएकी थिइन् । विनयले अहिले काठमाडौमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलीली’ मा मुख्य भूमिका निर्वाह गरेका छन् ।

चुजी नायकको छबी बनाएका विनय पछिल्लो समय नेपालका ब्यस्त नायक मानिन्छन् । उनले म्यूजिक भिडियो र विज्ञापनमा समेत काम गर्दै आएका छन्।

यता निर्देशक निश्चल बस्नेतको होस्टल रिटन्र्स नायिका स्वस्तिमा खड्कासँग बिबाहको कुरा चलेको छ । निश्चल नेपाली चलचित्र उद्योगका राम्रा निर्देशक मानिन्छन् । ‘लुट’वाट डेब्यु गरेका निश्चलले टलकजंग भर्सेज टुल्केवाट पनि स्यावासी पाएका थिए । स्वस्तीमा होस्टेल रिटन्र्स डेब्यु नायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment