Comments Add Comment

नेपाल एयरलाइन्सको बैंग्लोर उडान सुरु

Nepal-Airlines-A320-Final

१५ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैंग्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए३२०-२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १ः५ बजे काठमाडौं बाट बैंग्लोरका लागि उड्यो ।

काठमाडौं-बैंग्लोर उडान निगमले २००६ मा बन्द गरेको थियो । जहाज अभावमा बन्द गरिएको उडान एयरबस आएसँगै सुरु गरिएको हो । निगमले बैंग्लोर सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

बैंग्लोरका लागि निगमले प्रवर्द्धनात्मक भाडादर करसहित १० हजार ९२ रुपैयाँ तोकेको छ । विदेशी यात्रुले भने यो शूल्कमा थप १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्छ । बैंग्लोरबाट विदा मनाउन नेपाल आउने र नेपालबाट बैंग्लोर जाने यात्रुहरुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जनाएको छ । निगमले पहिलो उडानमा बैंग्लोरबा ३३ यात्रु लिएर फर्किने छ ।

निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ । यहाँ निगमले बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी गरिरहेको छ । मुम्बई निगमका लागि पोटेन्सियल गन्तव्य हो ।

निगमले यूरोपेली जहाज निर्माता कम्पनी एयरबससँग ए३२०-२०० सिरिजका दुईवटा जहाज खरिद गरेपछि उडान विस्तार गरिरहेको छ । निगमले नयाँ जहाजबाट पहिलो उडान दिल्ली गरेको थियो ।

अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको संख्या ४ पुगेपछि निगमले बैंग्लोर, मुम्बई उडान सुरु गर्न लागेको हो । यससँगै निगमले कलकत्ता पनि नियमति उडान भर्ने तयारी गरिरहेको छ ।

निगमले भारतपछि दुबई र चीनको ग्वञ्जाओमा आगामी अक्टोबर महिना देखि उडान भर्ने जनाएको छ । दुबै गन्तव्यमा यात्रुहरुको चाप उच्च रहेको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुकमा चीन दोस्रो स्थानमा रहेको छ भने दुबई नेपालबाट ठूलो संख्यामा कामदार जाने मुलुक हो । दुबईबाट पनि ठूलो संख्यामा नेपाल आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment