Comments Add Comment

लाभाको नयाँ स्मार्टफोन बजारमा

Lava-Iris-X1-Atom Final

१४ भदौ, काठमाडौ । भारतीय मोबाइल ब्रान्ड लाभाको नयाँ स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । लाभाको नेपालका लागि आधिकारिक बिक्रेता अम्बे मोबाइल्सले ‘आइरिस एक्स वान अटम’ मोडल नेपाल भित्राएको हो ।

चार इञ्चको डिस्प्ले रहेको यस स्मार्टफोनको मूल्य ६ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ । कम मूल्यको स्मार्टफोनमा क्यामेरालाई विशेष प्राथमिकता दिइएको छ ।

यसमा ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जसबाट सुन्दर तस्विर तथा भिडियो कैद गर्न सकिने छ ।

५१२ एमबी र्‍याम, १.२ गीगाहर्ज क्वार्डकोर प्रोसेसरका कारण मोबाइल तिब्र गतिमा चलाउन सकिन्छ । यसमा ३२ जीबीसम्म मेमोरी राख्न सकिन्छ । स्मार्टफोनमा १४५० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

आइरिस एक्स वान अटम सस्तो मूल्यमा स्मार्टफोन प्रयोग गर्न चाहनेे र सोसियालाइजेसनमा रमाउने ग्राहकप्रति लक्षित गरेर ल्याएको लाभाको फ्रान्साइस म्यानेजर पुस्कर घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment