Comments Add Comment

हत्याका घटनामा किन लोभिन्छन् बलिउड निर्देशक ?

hindi movoe photo (4)

मुम्बई । कुनै पनि स्थानमा हुने हत्याकाण्ड बलिउड चलचित्रकर्मीका लागि चलचित्र बनाउने विषय हुन थालेको छ । आरुषी हत्याकाण्ड होस् या जेसिका लाल हत्याकाण्ड । कसले पहिला फिल्म बनाउने भन्नेमा तँछाड मछाड छ निर्देशकहरु बिच ।

यतिसम्म कि एउटै घटनामा दुई तीनजना निर्देशकले फिल्म बनाएका छन् । केही चर्चित हत्याकाण्डका विषयमा बनेका फिल्म र निर्देशक यस्ता छन्ः

आरुषी हत्याकाण्डः हत्याको घटनामाथि बनेका फिल्मको कुरा गर्दा आरुषि हत्याकाण्डलाई बिर्सन सकिंदैन । उत्तर प्रदेशको नोएडा क्षेत्रमा सन २००८ मा १४ वर्षीय आरुषी तलवार र उनको नोकर हेमराजको हत्या भएको थियो ।

हत्या भएको ७ वर्ष बित्दासमेत घटनावारे स्पष्ट छानबीन हुन सकेको छैन । तर, यहि विचमा यही घटनामाथि दुई फिल्म बनेका छन् । यही घटनामा बनेको ‘रहस्य’ रिलीज भएको छ भने ‘तलवार’ रिलीज हुनै बाँकी छ ।

मनिष गुप्ताको निर्देशन रहेको रहस्यमा के के मेनन र टिस्का चोपडाले मुख्य भूमिका निर्वाह गरेका छन् । आउँदो २ अक्टुवरमा रिलिज हुने भनिएको यस फिल्ममा आरुषीको आमाको भूमिकामा कोर्कणा सेन शर्मा र प्रहरी अधिकृतको भुमिकामा इरफान खानले अभिनय गरेका छन् ।

150828090650_rahasya_movie_poster_624x351_manishgupta

जेसिका लाल हत्याकाण्डः मोडल जेसिका लालको हत्या सन १९९९ मा दिल्लीको एक नाईट क्लबमा भएको थियो । उक्त हत्याकाण्डका आरोपी मनु शर्माले कैद सजाय पनि पाए ।

यही हत्याकाण्डमा निर्माता/निर्देशक राजकुमार गुप्ताले सन २०११ मा फिल्म बनाए ‘नो अन किल्ड जेसिका’ रानी मुखर्जी र विद्या वालनले उक्त चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका थिए । विद्याले जेसिकाको बहिनी र रानीले पत्रकारको भुमिका निर्वाह गरेकी थिइन् ।

hindi movoe photo (2)

नीरज ग्रोवर हत्याकाण्डः टेलिभिजन एक्जुकेटिभ नीरज ग्रोवरको सन २००८ मा कन्नड अभिनेत्री मारिया सुसाईराज र उनकी प्रेमी जेराम म्याथ्युले हत्या गरे ।

यो हत्या यति विभत्स थियो । हत्या गरिसकेपछि शब काटेर टुक्रा टुक्रा बनाईएको थियो । यही हत्याकाण्डमाथी प्रहरीले छानबीन गर्‍यो र अभियुक्तलाई कार्वाही पनि भयो ।

यही विषयमा निर्देशक रामगोपाल बर्माले सन २०११ मा फिल्म बनाए ‘नट अ लभ स्टोरी’ । उक्त चलचित्रमा माही गिल र दीपक डोबरियालले मुख्य भुमिका निर्वाह गरेका थिए । फिल्ममा राखिएको केही उत्तेजक दृष्यको कारण फिल्मको सेन्सरमा समस्या समेत भएको थियो ।

hindi movoe photo (3)

हिट एण्ड रन केसः हिट एण्ड रन केसको नाम आउने बित्तिकै दुई नाम दिमागमा आउँछ । अभिनेता सलमान खान र दिल्लीका ब्यबसायी सञ्जीव नन्दा ।

सन सन १९९९ मा दिल्लीको लोधी रोड क्षेत्रमा ब्यापारिक घरानावाट आएका सञ्जीव नन्दाले ७ जनालाई आफ्नो कारले किचे । यहि विषयमा निर्देशक सुभाष कपुरले फिल्म बनाए ‘जाली एल एल बी’ अरशद वारसी र बोमन इरानीले यसमा मुख्य भुमिका निर्वाह गरेका थिए ।

hindi movoe photo (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment