Comments Add Comment

मजदुर, किसान र वैदेशिक रोजगारीमा संलग्नलाई खुसीको खबर !

१५, भदौं, काठमाडौं । के तपाई कृषि, मजदुरी वा वैदेशिक रोजगारीमा संलग्न हुनुहुन्छ ? एउटा खुसीको खबर छ । कर्मचारी संचय कोषमा अब वैदेशिक रोजगारीमा गएकासहित असंगठित क्षेत्रमा काम गर्ने नेपाली कृषक, मजदुर र स्वरोजगारले पनि रकम जम्मा गर्न पाउने भएका छन् ।

kskकर्मचारी संचय कोष ऐन-२०१९ संशोधनका लागि संसदमा दर्ता भएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकमा कर्मचारी संचय कोषको संगठित क्षेत्रको दायरालाई बढाएर अनौपचारिक क्षेत्रसँगै वैदेशिक रोजगारीमा गएकालाई समेटिएको छ ।

क-कसलाई यस्तो सुविधा ?

विधेयकमा असंगठित ढंगले काम गर्ने इन्जिनियर, डाक्टर, लेखापरीक्षक, कानुन व्यवसायी, कृषक लगायतका पेशा गर्ने व्यक्ति र उनीहरुका संस्थामा काम गर्ने कर्मचारी तथा घरेलु कामदार, मजदुर लगायतले समेत कोषमा रकम जम्मा गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । चिया बगानमा काम गर्ने मजदुर पनि कोषको कार्यक्षेत्रमा अटाएका छन् ।

‘कृषक तथा मजदुर तथा असंगठित क्षेत्रका धेरैको नियमित आम्दानीको स्रोत हुँदैन । त्यसैले कोषमा नियमित रकम जम्मा नहुने स्थिति बन्न सक्छ’ सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले अनलाइनखबरसँग भने- ‘त्यसका लागि राज्यले लिने सामाजिक सुरक्षाको नीतिमा आधारित भएर उनीहरुलाई समेट्न प्रयास गरिनेछ ।’

अहिले कोषमा निजामती सेवा, सेना, प्रहरी, शिक्षकसहित संगठित क्षेत्रमा काम गर्ने १० जनाभन्दा धेरै स्थायी कर्मचारी भएको संस्थाले मात्रै कोषमा रकम जम्मा गर्न गरेकोमा ऐन संशोधन पछि स्वरोजगारले पनि रकम जम्मा गर्न सक्नेछन् । विधेयक पारित भएपछि स्वरोजवगार रहेका जो सुकैले पनि कोषमा रकम जम्मा गर्न सक्नेछन् ।

लगानीको क्षेत्र विस्तार

यस्तै कोषले आफ्नो लगानी गर्ने दायरा पनि बढाउन पनि प्रस्ताव गरेको छ । बिधेयकमा नेपाल सरकार वा सरकारबाट स्विकृति प्राप्त विदेशी वा स्वदेशी संस्थाको ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था राखिएको छ । यस्तै कोषले सरकारको जमानीमा कोषले सरकारी संस्था, उद्योग र संगठित संस्थालाई ऋण पनि लगानि गर्न सक्ने प्रस्ताव पनि विधेयकमा छ ।

ऐन संशोधन भएपछि कोषले निवृत्तिभरण, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा निवृत्तिभरण कोष, स्वास्थ्य बीमा वा सामाजिक सुरक्षा कोष स्थापना गरेर समेत संचालन गर्न सक्नेछ । यस्तै स्वरोजगारमा संलग्न व्यक्तिलाई कोषबाट सापटी पनि दिन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment