Comments Add Comment

आयो ‘कबड्डी कबड्डी’को टिजर, के फेरि दर्शक हसाउँलान् दयाहाङले ?

kabaddi-kabadi
गतबर्ष सफल मानिएको चलचित्र ‘कबड्डी’को सिक्वेलको रुपमा निर्माण भएको ‘कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । गतबर्षको वैशाख महिनामा प्रदर्शनमा आएको यो चलचित्रलाई दर्शकले रुचाएका थिए ।

यसैले पनि निर्देशक रामबाबु गुरुङले यसको सिक्वेल निर्देशन गरेका छन् । सामाजिक कथा र कमेडी बिषयलाई उठान गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल लगायतका कलाकारको मुख्यभ भूमिका छ । रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालिप्रसाद बास्कोटाको संगीत, कुमार महर्जनको एक्सन छ ।

निश्चल बस्नेत कार्यकारी निर्माता रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी, रौनक विक्रम कँडेल र सुनिल चन्द रौनियारको लगानी छ ।

चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन । सिक्वेलमा पनि कलाकार दयाहाङ राइको संवाद हिट हुने छनक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment