Comments Add Comment

यू-१९ प्रिमियर क्रिकेटमा कुवेतविरुद्ध नेपाल ८३ रनले विजयी

१५ भदौ, काठमाडौं । दिपेन्द्र सिंह ऐरी र शौरभ खनालको १३० रनको साझेदारीसँगै नेपालले एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटमा कुवेतमाथि ८३ रनको फराकिलो जित हात पारेको छ ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र जितसँगै नेपाल ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको सुरुवात खराब थियो । टप अडरका ब्याट्सम्यानहरु नचलेपछि नेपालले ६६ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

ओपनर सुनिल धमला ११, अशिष धामी ४, शंकर राना ८, आरिफ शेख शुन्य, राजु रिजाल १५ र राजवीर सिंह शुन्यमै आउट भए ।

तर, सातौं नम्बरमा ऐरी र नवौं नम्बरमा आएका खनालले सातौं विकेटका लागि १३० रनको साझेदारी गरे । ऐरीले ९१ बलमा नौ चौका र २ छक्कासहित ८५ रन बनाए । खनाल ७५ रनमा आउट भए ।

प्रेम तामाङ २३ रनमा अविजित रहे ।

२५१ रनको जवाफी लक्ष्य लिएर मैदान उत्रिएको कुवेतले ५० ओभरमा ९ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद मिजान अलीले अविजित ८४ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालका सुशील काडेल र प्रेम तामाङले समान २-२ विकेट लिए भने आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment