Comments Add Comment

चार खर्ब ५ अर्ब राजश्व संकलन

१५ भदौ, काठमाडौं । गएको आर्थिक वर्षमा ४ खर्ब ५ अर्ब ८४ करोड ६४ लाख रुपैयाँ राजश्व संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १३.७३ प्रतिशतले बढी हो ।

Rajsso table

तर, यो रकम निर्धारित लक्ष्यको कुलनामा भने कम रहेको छ । गत वर्ष ४ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ राजश्वक संकलन गर्ने लक्ष्य दिइएको थियो । भूकम्पका कारण आर्थिक गतिविधि ठप्प भएपछि लक्ष्य चुम्न कठिनाइ भएको हो ।

संकलित कुल राजश्वमध्ये कर राजश्वतर्फ ३ खर्ब ५५ अबै ९४ करोड २९ लाख रुपैयाँ संकलन भएको छ भने गैरकर राजश्वतर्फ ४९ अर्ब ९० करोड ३५ लाख रुपैयाँ संकलन भएको छ । जुन रकम क्रमशः ८८.३२ प्रतिशत र ११.६८ प्रतिशत हुन आउँछ ।

शिर्षकगत रुपमा हेर्दा मूल्य अभिवृद्धि करको योगदान २७.६९ प्रतिशत, भन्सार महशुलको योगदान १८.४० प्रतिशत, आयकरको योगदान २१.८० प्रतिशत रहेको छ भने अन्तःशुल्कको अंश १३.१९ प्रतिशत र गैरकर राजश्वको अंश १२.३० प्रतिशत रहेको छ ।

गत वर्ष भन्सार महशुल ७४ अर्ब ६७ करोड १० लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर १ खर्ब १२ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ उठेको छ । त्यस्तै, अन्तःशुल्क ५३ अर्ब ५२ करोड ४९ लाख, आयकर ८८ अर्ब ४५ करोड ९० लाख, गैरकर ४९ अर्ब ९० करोड ३५ लाख रुपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment