Comments Add Comment

एनआरएनए युएईका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक

यूएर्इ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति यूएईको आगामी कार्यकाल २०१५-२०१७ का लागि हुने पदाधिकारी चयनको निर्वाचनमा परेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

nrn uae name listएनआरएनए निर्वाचन समिति २०१५ को निर्वाचन कार्यतालिका बमोजिम अगष्ट ३१ तारिख बसेको बैठकले उम्मेदवारहरुको नामावली उपर छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरेको हो ।

समितिले एक विज्ञप्ति जारी गर्दै निर्वाचन समिति,  उम्मेदवार र सरोकारवाला बिच बसेको बैठकले निर्वाचन समितिमा परेका उम्मेदवारीहरुमाथि छानबिन गर्दै अन्तिम नामावली सार्वजनिक गरिएको जनाएको छ ।

निर्वाचन समितिमा विभिन्न पदका लागि परेका कुल ३५ उम्मेदवारीहरु मध्ये उपाध्यक्ष पदका उम्मेदवार कपिल खड्काद्वारा आफ्नो उम्मेदवारी फिर्ता लिएको र  चार जनाको उम्मेदवारी विधानत अस्विकृत भएको हुँदा ३० जनाको उम्मेदवारीलाई अन्तिम रुप दिईएको विज्ञप्तिमा उल्लेख छ ।

साथै बैठकले महासचिव पदका उम्मेदवार कृष्णप्रसाद पौडेल अन्य संस्थाको जिम्मेवार पदमा रहेको विषयमा उठेको प्रश्नमाथि छानबिन गर्दा निज हाल कुनै अन्य संघसंस्थामा आवद्ध नरहेको पाईएकोले पौडेलको उम्मेदवारी स्वीकृत गरिएको जनाएको छ ।

एनआरएनए यूएईको आगामी सेप्टेम्बर ४ मा हुने छैटौं महाधिवेशनले सन २०१५ – २०१७ को कार्यकालका लागि निर्वाचन मार्फत पदाधिकारी चयन गर्नेछ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रियामा निश्पक्षता नअपनाई छलकपटपूर्ण कार्य गरेको समाचारहरु सार्वजनिक भईरहँदा यो अन्तिम नामावली सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment