Comments Add Comment

‘मेरो चलचित्र चलाउँदा के मल्टिप्लेक्समा दाग लाग्छ’ ? : निखिल उप्रेती

nikhil-upreti-in-police

चलचित्र क्षेत्रमा ५ बर्षपछि फर्किएर केही गरौ भन्ने सोचमा लागेका नायक निखिल उप्रेती अहिले केही तनावमा छन् । उनलाई लागेको छ नेपाली चलचित्रमा देखिएको सुस्त बजारलाई उकासिनु पर्छ । तर, आफ्नो चलचित्र ‘भैरव’ले राम्रो कमाई गर्दा गर्दै पनि मल्टिप्लेक्सबाट हटाइएपछि निखिल आक्रोशित बनेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै निखिलले शनिबार एक शोमा नै ६८ हजारको व्यापार हुँदाहुदै पनि आफ्नो चलचित्र हटेको भन्दै आक्रोश पोखे । उनले ‘भैरव’ एउटा क्रान्ती हो भन्दै नेपाली चलचित्रमाथि मल्टिप्लेक्सको हेपाहा प्रवृत्ती गलत भएको बताए ।

निखिलले भने-‘यदि मल्टिप्लेक्समा निखिल उप्रेतीको चलचित्र चलाउँदा दाग लाग्छ भने भन्नुपर्‍यो ? होइन भने हामीलाई दुख दिने काम नगरौ ।’ आफूलाई मल्टिप्लेक्सको कलाकार होइनस् भनेपनि कुनै चित्त नदुख्ने भन्दै निखिलले मनलाग्दी रुपमा चलचित्र लगाउने र उतार्ने काम बन्द गर्नुपर्ने बताए ।

‘चलचित्र हलबाट उतार्दा निर्मातालाई सोध्नुपर्छ, तर यहाँ आफ्नो खुशीमा रजाई गरिदो रहेछ’, निखिलले अनलाइनखबरसँग भने । उनले आफू गरिबको छोरा भएको भन्दै भैसी माथि चढेरै हुर्किएको पनि बताए । आफू चलचित्र क्षेत्रको बजार बढाउँ, चलचित्र नगरिलाई अगाडि बढाउँ भन्ने सोचले अगाडि बढेको भन्दै निखिलले मल्टिप्लेक्समा जस्तो पनि हिन्दी चलचित्र चल्ने तर नेपालीलाई जे गरेपनि हुन्छ भन्ने सोच पलाएको आरोप लगाए ।

उनले नेपालको पैसा बाहिर जादै नजाओस् भन्ने सोच आफूले लिएको बताउँदै मल्टिप्लेक्समा जाने दर्शक पनि विदेशी नभएको जिकिर गरे । उनले चलचित्रका काठमाण्डौ वितरक गोपाल कायस्थविरुद्ध चलचित्र निर्माता संघमा उजुरी हालेका छन् । १ सय करोड बढी कमाउने हिन्दी चलचित्रसँग १ करोड कमाउने नेपाली चलचित्रले च्यालेञ्ज गरेको भन्दै निखिलले आफू चलचित्र क्षेत्रमै निर्भर रहेको पनि बताए ।

उनले मल्टिप्लेक्स के अमेरिकाको नियमले चल्छन् भन्दै प्रश्न पनि गरेका छन् । उनले चलचित्र क्षेत्रमा मुलधार र फरकधार नभएको भन्दै दर्शकले मन पराएका सबै चलचित्र सफल भएको बताए । उनले भने-‘निखिल उप्रेती मल्टिप्लेक्सको होइन भने पनि केही छैन । हाम्रा दर्शक मल्टिप्लेक्स मात्र जादैनन् भन्ने ‘भैरव’ले पुष्टी गरेको छ ।’ यदि, आफ्नो चलचित्र मल्टिप्लेक्समा नचले आफ्नो करिअर नै सकिन्छ भने दर्शक पनि मल्टिप्लेक्समा लोभिएछन् भनेर सोचौला भनेका छन् ।

यता काठमाण्डौका वितरक गोपाल कायस्थले सिभिल मलमा एक शोमै ६२ हजार ९ सय हुँदा हुँदै पनि निकालिएको बताए । उनले आफूलाई पनि कुनै जानकारी नगरि चलचित्र निकालेकाले हलवालाहरुसँग आफ्नो पनि झगडा भएको बताए । बल्ल बल्ल नेपाली चलचित्रले व्यापारिक रुपमा राम्रो कमाई गरिरहेको समयमा निर्मातालाई नै हतोत्साहित गर्नेगरि चलचित्र चल्दै गर्दा उतार्नु गलत भएको उनको भनाई छ ।

नेपाली चलचित्रमाथि काठमाण्डौका केही मल्टिप्लेक्सले यस्तो मनलाग्दी गर्दै आएको यो  पहिलो घटना भने होइन । चलचित्र ‘भैरव’ले तराई लगायत विभिन्न स्थानमा प्रदर्शन हुन नसक्दा पनि ३ दिनमा डेढ करोडको ग्रस कलेक्शन गरेको वितरक कायस्थले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment